प्रेरणा

जीवनमा धर्म, कर्म र ध्यानलाई सन्तुलन बनाइराख्नु पर्छ, कुनै एक कुरामा अति नगर्नुहोस्

काठमाडौँ । रामकृष्ण परमहंस र विवेकानन्दसँग जोडिएको यो घटनाले जीवन छर्लंगै पार्छ ।

भगवान के हुन्, कस्ता हुन्छन् ?

विवेकानन्द यो प्रश्नको उत्तर जान्नको लागि रामकृष्ण परमहंसकोमा पुगे ।

यी दुईको यो पहिलो भेट थियो । विवेकानन्द, परमहंसबाट धेरै प्रभावित भए । यसकारण उनी उनको शिष्य बने । यसपछि गुरुले नयाँ शिष्यलाई ध्यानको विधि बताए ।

एकदिन विवेकानन्द कोठा बन्द गरेर ध्यान गरिरहेका थिए, उनको ध्यान त्यो स्थितिमा पुगेको थियो जसलाई समाधि भनिन्छ । जब यो कुरा परमहंसलाई थाहा भयो, तब तुरुन्तै दौडिएर सो कोठामा पुगे र धक्का दिएर विवेकानन्दको समाधि तोडे र ध्यानबाट बाहिर निकाले ।

त्यहाँ केहि अन्य शिष्यपनि थिए । उनीहरुलले सोधे- तपाईं भन्नुहुन्छ कि ध्यान गर्नुपर्दछ तर जब विवेकानन्द ध्यान गरिरहेका थिए र समाधिमा पुग्न लागेका थिए उनको ध्यान किन तोड्नुभएको ?

रामकृष्ण परमहंसले भने- अहिले उनको उमेर नै के छ ? मलाई यिनीबाट धेरैकुरा गराउनु छ । यदि उ अहिले नै समाधिमा उत्रिएमा कर्म गर्न पाउँदैन । उनलाई अहिले ज्ञानलाई कर्मसँग जोड्नु छ । पूरै दुनियाँमा धर्मको प्रचार गर्नुछ । मानिसलाई नैतिक शिक्षा सिकाउनु छ । हामीलाई एक सीमा सम्म मात्र ध्यान गर्नु पर्दछ । गहिरो समाधिमा यत्तिकै पुग्नु हुँदैन ताकि हामी आफ्नो योग्यताको सहि उपयोग गर्न नै नसकियोस् ।

मानवताको हित गर्नु सबैको धर्म हो । र यो नै सबैभन्दा ठूलो पूजा हो । रामकृष्ण परमहंसको यो कुराको कारण दुनियाँलाई विवेकानन्दजस्ता सन्यासी मिले ।

यसकारण हामीले आफ्नो जीवनमा धर्म र कर्मको सन्तुलन बनाउनु अपरिहार्य छ । ध्यान र सामाजिक जीवनको तालमेल बनाउनु पर्दछ ।

गाउँ सहर डेस्क

तपाईँको मत