प्रविधि

हल बन्द भएपछि युट्युबमा  चलचित्रको प्रशंसा

 काठमाडौँ । कोरोना भाइरसको माहमारीका कारण  गत आठ महिनादेखि फिल्म हलहरु पूर्ण रुपमा बन्द छन् । जसले गर्दा नेपाली चलचित्रका दर्शकहरु सिनेमा घरमा चलचित्र हेर्न जान पाएका छैनन् । दर्शकहरु चलचित्र हलमा  जान नपाएपछि युट्युब तथा  डिजिटल माध्यमबाट  नेपाली चलचित्र हेरेर मनोरञ्जन लिइरहेका छन् । चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले भने — हल बन्द भएपछि दर्शकले घरमा नै बसेर चलचित्र हेर्नु स्वाभाविक हो । यो समयमा बाहिर भिडभाड गर्ने होइन । यस्तो समयमा चलचित्रहरु युट्युबमा हेर्नुको विकल्प अरु छैन ।’

अधिकारीले हलमा असफल भएको चलचित्रले पनि यो समयमा आएर युट्युबमा धेरै दर्शकको प्रशंसा बटुलेको बताए ।  अहिलेको समय भनेको युट्युबमा चलचित्र प्रदर्शन गर्नको लागि यो उत्तम समय भएको चलचित्र निर्माता किरण नेपाली बताउँछन् । यो  बन्दाबन्दीको समयमा दर्शकलाई मनोरञ्जन दिनको लागि युट्युबमा नयाँ नयाँ चलचित्र राख्दा सबैले फुर्सदको सदुपयोग गर्ने र  चलचित्रको भ्युज राम्रो जाने उनको भनाइ छ ।

नायिका सुहाना थापा र नायक अनमोल केसीद्दारा  अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ दश दिनभन्दा लामो समयसम्म युट्युब ट्रेन्डिङको १ नम्बर स्थानमा रहेको थिया । सार्वजनिक भएको १९ दिनमै यो चलचित्रले एक करोड भ्यूज पाएको थियो । अहिले पनि यो चलचित्र युट्युबको १० नम्बर ट्रेन्डिङमा रहेकाे छ । 

यसैगरी हलमा दर्शकको मन जित्न नसकेको चलचित्र सेल्फि किङ पनि युट्युबमा प्रदर्शन भएपछि ट्रेन्डिङमा रहेको थियो । हलमा असफल भएको चलचित्र ‘साइँली’ युट्युबको सातौँ नम्बर ट्रेन्डिङमा छ ।’ दयाहाङ राई, गौरव पहारी, मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रलाई दुई सातामा ४१ लाख  भ्यूज मिलेको  निर्माता किरण नेपाली बताउँछन् । सार्वजनिक भएको पाँच दिनमै २१ लाख भ्यूज बटुलेको चलचित्र ‘प्रसाद’ नेपालको युट्युब ट्रेन्डिङ नम्बर १ मा छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अभिनित  चलचित्रलाई दर्शकले निकै मन पराएका छन् । युट्युबमा सार्वजनिक भएको १३ दिनमा १४ लाख भ्यूज बटुलेको चलचित्र ‘कुम्भ करण’ युट्युबको २० नम्बर ट्रेन्डिङमा रहेको छ ।  भोलाराज सापकोटा, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको यो चलचित्रलाई  दर्शकले रुचाएका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत