जीवनशैली

ड्रागन फल सेवनका फाइदाहरु

 काठमाडौँ । ड्रागन सिउडी प्रजातिको विरुवा हो । यसलाई पितया को नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus undatus हो । यसकाे लहरा जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यसकाे फल  हेर्दा प्याजको दाना जस्तो एक दुई पत्र भएको बोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातकोमा भने  पहेलो गुदि हुन्छ । यसको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम देखि १ देखि २ केजी सम्मको हुन्छ ।

यसकाे खेति खास गरी थाईल्याण्ड, चीन, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुकमा गरेको पाइन्छ । यसकाे विरुवा एक पटक लगाए पछि १५–२० वर्षसम्म उत्पादन दिन्छ । 

१. यसको सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ ।

२. शरिरमा रहेको विशाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।

३. यसको सेवनले दम तथा कफका रोगिलाई फाइदा गर्दछ ।

४. नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्दछ ।  रगतमा ग्लुकोजको मात्रा घटाउइ मधुमेह जस्ता रोगबाट बचाउछ ।

५. यसको सेवनले  भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुँदा अनुहारको छाला चम्किलो बनाउनुको साथै  चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन  मदत गर्दछ ।

६. गर्भावस्थाका महिला,बालबालिका,ज्यष्ठ नागरीक र रोगले सताइरहेका मानिसहरुका लागि उपयाेगी  हुन्छ  । 

गाउँ सहर डेस्क

तपाईँको मत