पूर्वाधार

आधुनिक प्रविधिले ढिकी जाँतोको प्रयोग हराउँदै

दोलखा ।  ग्रामीण  भेगमा ढिकी जाँतोको प्रयोग लोप हुँदै गएको छ । बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिका मिल उपलब्ध भएपछि गाउँघरमा ढिकी जाँतोको प्रयोग हराउदै गएको हो । बिधुतीय मिलले गर्दा गाउँघरमा  अन्न कुट्ने ढिकी जाँतोको प्रयोग हुन छाडेको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का बीरे थामीले बताए ।   थोरै अन्न पिस्न घण्टौं लगाएर ढिकी जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै पिस्ने भएपछि सहज भएको उनी बताउँछन् ।

केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, कोदो, पिठो पिस्नका लागि ढिकी जाँतो प्रयोग गरियो  तर नयाँ प्रविधिका मिल उपलब्ध भएपछि यस्ता परम्परागत साधन थन्किएको सोही  गाउँपालिका ५ का रमेशले बताए । केही वर्ष अघिसम्म बिहान रातीदेखि घण्टौंसम्म अन्न कुट्रने,पिस्ने  कामका लागि ढिकी जाँतोको प्रयोग गर्नुपथ्यो तर मिल आएपछि सजिलो भएको उनीहरुको भनाइ छ ।

आधुनिक मिलले अन्न कुट्रने,पिस्ने हुँदा समय र श्रमको बचत हुने भएपछि  ढिकी र जाँतोको प्रयोग कम हुन थालेको हो  । मिलमा एकैछिनमा काम हुने  हुँदा समय र श्रम दुवैको बचत हुने भएको उनीहरु बताउँछन् ।

आधुनिक प्रविधिको आकर्षण र प्रयोजनले गर्दा परम्परागत गाउँघरका ढिकीजाँतो लोप हुद्रँ गएका हुन् ।  आधुनिक प्रविधि गाउँसम्म पुगेपछि ढिकी जाँतो जस्ता परम्परागत पहिचान ओझेलमा पर्दै गएको थामी बताउँछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत