गाउँ सहर

भीमेश्वरको शिलामा पसिना आउनु अनिष्टको संकेत

काठमाडौँ । दोलखा जिल्लाकै प्रसिद्ध भीमेश्वर मन्दिरमा गत मंगलबार दिउँसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ३ पटक पसिना आएको थियो  । यसरी पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । 

यसअघि २०७४ असोजमा मन्दिरको शिलामा दायाँ, बायाँ र बिचबाट एकै पटक पसिना आएको थियो । शिलाको दायाँबाट पसिना आउँदा राजपरिवारमा अनिष्ठ हुने र बायाँबाट आउँदा जनतामा अनिष्ठ हुने कुरा चन्द्र श्रेष्ठले जनाएका छन् ।

२०७१ सालको माघ १, २ र १५ गते भीमेश्वरलाई पसिना आएको थियो । पसिना आएको ६ महिना नबित्दै देशमा महाविनासकारी भूकम्प गएको थियो । यसरी पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ। मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले  बाजागाजासहित पूजाआजा गरी क्षमा माग्ने चलन रहेकाे छ । 

गाउँ सहर डेस्क

तपाईँको मत