जीवनशैली

जिउँदाे शालिग्राम, भगवान विष्णुको स्वरुप

शालिग्राम एउटा दुर्लभ, चम्किलो,चिल्लो र धेरै सानो आकार भएको एक किसिमको शिला हो । यस्ता शिलाहरु शंख जस्तै चम्किला हुन्छन् । शालिग्रामलाई भगवान विष्णुको स्वरुप मानिन्छ । खैरो,सेतो र नीलो रंगको शालिग्राम प्रायजसो वैष्ण धर्म मान्नेहरुले पुज्ने गर्दछन् ।

नेपालमा कालीगण्डकी नदीको किनारमा यस्ता किसिमका शालिग्राम पार्ईन्छ । एक पूर्ण शालिग्राममा भगवान विष्णुको चक्रको आकृति पाइन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ । 

बिहारको चम्पारणको बगाहा पुलिस जिल्लामा रहेको पाकीबावली मन्दिरमा पहेँलो किसिमको पजल आकारमा रहेको शालिग्राम छ। जसलाई पिँडी नामले चिन्ने गरिन्छ । भनिन्छ कि आजभन्दा २०० वर्ष अगाडि नेपालका राजा नरेश जंग बहादुरले दर्शन गरेका थिए । त्यतिबेला उक्त सालिग्राम पिंडीको आकार मटरको दानाभन्दा थोरै ठुलो थियो। आज पिंडीको आकार नरिवल भन्दा दुई गुणा ठूलो रहेको छ ।

आज पनि उक्त शालिग्रामको आकार लगातार बढिरहेको देख्न सकिन्छ । त्यहाँका मानिसले उक्त शालिग्रामलाई जीवित शालिग्रामको रुपमा चिन्ने गर्दछन् । उक्त शालिग्रामको वैज्ञानिकहरुले  अध्ययन गरेका थिए । तर किन र कसरी यसको आकार बढिरहेको छ भन्ने कुरा पत्ता आजसम्म लाग्न सकेको छैन । धार्मिक ग्रन्थको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत