प्रेरणा

शिक्षा दिनेकाे स्थान सधैँ उचो हुन्छ, गुरुको आदर नगर्ने हो भने ज्ञान कहिल्यै पनि काम आउँदैन

काठमाडौँ । विद्या कुनैपनि किन नहोस्, यदि गुरुको आदर नगर्ने हो भने त्यो ज्ञानबाट लाभ हासिल गर्न सकिँदैन । यसै सन्दर्भमा यो लोक कथा मनन गरौँ ।

प्राचिन समयमा एक राजा नयाँ-नयाँ विद्या सिक्न चाहन्थे ।

राजाले एक विद्वानका खोजी गरे र गुरुबाट नयाँ विद्या सिकाउन निवेदन गरे । त्यसपछि गुरु दैनिक राज महल पुगेर राजालाई पढाउँथे, राजापनि मन लगाएर गुरुको कुरा ध्यान दिएर सुन्थे र बुझ्दथे ।

धेरै समय बित्यो, तर राजालाई पढाएको ज्ञान याद हुँदैनथ्यो । यो कुराले राजा चिन्तित हुन थाले । गुरुको योग्यतामा राजालाई संदेह थिएन ।

दुखी भएर राजाले रानीलाई सो कुरा बताए । रानीले भनिन्- यो सम्बन्धमा गुरुसँग कुरा गर्नु पर्छ ।

भोलिपल्ट राजाले आफ्ना गुरुलाई समस्या दर्शाए ।

गुरुले राजालाई भने- यो समस्याको कारक धेरै नै सामान्य छ । तपाईं आफ्नो अहंकारको कारण सानो कुरा बुझ्न सकिरहनुभएको छैन । तपाईं सिंहासनमा बस्नुहुन्छ र मेरो बस्ने स्थान तपाईंभन्दा तल हुन्छ । जबकि गुरुको स्थान उचो हुनु पर्दछ ।

राजालाई गुरुको कुरा सहि लाग्यो । भोलिपल्टबाट राजाले आफ्नो गल्ती सुधारे र गुरु बस्ने स्थान माथि बनाए ।

गाउँ सहर डेस्क

तपाईँको मत