स्वास्थ्य

जाडो मौसममा छालाको हेरचाह

 काठमाडौँ । जाडो मौसम सुरु भएसगैँ छालामा समस्या आउन थाल्दछ । जाडो मौसममा छाला सुख्खा हुनु मुख्य समस्या हो । यो समयमा सुख्खा हावा चल्ने भएकोले छालामा भएको सबै चिल्लोपना हराउँछ । यस्तोमा हामी सुख्खा छालाबाट छुटकारा पाउनको लागि विभिन्न सौन्दर्य प्रसाेधनका सामानहरु प्रयोग गर्ने गर्छौ ।विभिन्न केमिकलको प्रयोगले  छालालाई नोक्सान गर्छ । केमिकलयुक्त प्रसाधनको प्रयोग गर्नु भन्दा हाम्रो भान्सामा नै भएको कुराबाट छालालाई जाडोमा नरम, मुलायम र चम्किलो बनाउन सकिन्छ ।

१. नरिवलको तेल
रिवलको तेलले मालिस गर्दा छाला नरम र मुलायम हुनुका साथै छालाको सुख्खापन हराउँछ । नियमित नरिवलको तेलले मालिस गर्दा रक्त सञ्चार राम्रो हुन्छ, साथै छाला चमकिलो हुन्छ ।  

२. बेसन र तेल

बेसन, तेल, गँहुको चोकर र दुधको तर मिसाएर पेष्ट बनाउने । अनुहारमा तलदेखि माथितिर लगाउने र १५ मिनेट छोडिदिने । त्यसपछि विस्तारै पानीले भिजाएर हल्का औलाको सहायताले माड्ने र मनतातो पानीले धुने । 

३. जाडोमा प्याक

जाडोमा छालाको नरमपन कायम राख्नको लागि १ चम्चा मह, २ ठूलो चम्चा मिल्क पाउडर र एउटा अण्डाको पहेँलो भाग मिलाएर अनुहारमा २० मिनेट राख्ने । सुकेपछि मनतातो पानीले धुने ।

४. छाला मुलायम राख्न

छालाको नरमपन कायम राख्नको लागि बदाम, दुध, पनिर,फलफूल जस्ता पौष्टिक आहारमा ध्यान दिने। दैनिक  ६ देखि ८ गिलास पानी नियमित पिउने ।

गाउँ सहर डेस्क

तपाईँको मत