राजनीति

भारतीय विदेश सचिव श्रृंगल नेपाल आउँदै

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगल आज नेपाल भ्रमणमा आउँदैछन् । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । उनी बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।  श्रृंगलको यो भ्रमण दुई देशबीच सीमा विवादपछि हालसम्मकै उच्च तहको रहने अनुमान गरिएको छ ।

छिमेकी मुलुक भारतले  द्विपक्षीय सम्बन्धको संवादमा जोड दिएपछि  श्रृंगल नेपाल आउन लागेका हुन् । श्रृंगल र समकक्षी परराष्ट्रसचिव भरतराज पौडेल नेतृत्वको टोलीबीच छलफलको एजेन्डा प्रस्तुत हुने बुझिएको छ । एजेन्डामा नेपालले सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग प्रस्ताव राख्ने बुझिएको छ ।

दुई देशबीच थाती रहेका  समस्या र अगाडि बढाउनुपर्ने जलविद्युत र वाणिज्यसम्बन्धी विषय  छलफलमा प्रस्तुत हुनेछ । परराष्ट्र सचिवस्तरीय बैठकपछि वाणिज्य लगायत अन्य क्षेत्रमा पनि सचिवस्तरीय बैठक बस्ने जनाईएको छ । श्रृंगलको भ्रमणलाई भारतीय पक्षले संवाद अगाडि बढाउने र द्विपक्षीय सम्बन्ध बलियो बनाउने अवसरका रुपमा लिएको बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत