पूर्वाधार

कागती सेवनको फाइदै फाइदा

काठमाडौँ । कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मकाे काम गर्छ । खासगरी यो फल मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ।

 मानिसलाई दैनिक चाहिने भिटामिन सी को ३२ प्रतिशत कागतीबाट प्राप्त हुन्छ । यसमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के जस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ धेरै कम मात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरी  पाइन्छ ।  कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्ट जस्ता तत्वले भरपूर हुन्छ ।  यसलाई खाली पेटमा प्रयोग गर्नाले धेरै फाइदा लिन सकिन्छ । 

१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ रखाना पचाउने काम गर्छ ।

२. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार ल्याउने काम गर्छ ।

३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।

५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।

६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।

७. बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।

८. कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन ।

९. कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।

१०. कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ । एजेन्सीको सहयोगमा 

गाउँ सहर डेस्क

तपाईँको मत