स्वास्थ्य

काेराेना भ्याक्सिन स्पूतनिक - भी पनि ९५ प्रतिशत प्रभावी; रुसमा निःशुल्क, अन्य देशमा पनि अरुभन्दा कम मूल्यमा पाइने

काठमाडौँ । रुसमा बनेको कोरोनाको भ्याक्सिन स्पूतनीक - भी परीक्षणको दौरानमा कोरोनासँग लड्न ९५ प्रतिशत प्रभावी भएको पाइएकाे छ । 

क्लिनिकल ट्रायलको दोस्रो सुरुवाति विश्लेषणबाट यो कुरा बाहिर आएको हो ।

पहिलो डोज दिएको २८ दिनपछि यो भ्याक्सिनले ९१.४ प्रतिशत प्रभावी देखिएको थियो । पहिलो डोजको ४२ दिनपछि यो बढेर ९५ प्रतिशत पुगेको हो ।

भ्याक्सिन निर्माता गेमेलिया नेशनल रिसर्च सेन्टर फर एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीले यो दावी गरेको हो । भ्याक्सिनको दुइ डोज ३९ संक्रमितको अलवा १८,७९४ अन्य विरामीलाई दिइएको थियो ।

मंगलबार यो भ्याक्सिनको मूल्य पनि सार्वजनिक भएको छ । रुसमा यो निःशुल्क हुनेछ भने अन्य देशमा यसको मूल्य नेरु १,१२० भन्दा कम हुनेछ । विदेशमा भ्याक्सिनको उत्पादन र प्रवर्द्धन हेरिरहेका रशियन डाइरेक्टर इन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रिएवका अनुसार, स्पूतनिक भी को संभावित मूल्य अन्य भ्याक्सिनको तुलनामा धेरै कम छ ।

भ्याक्सिन २०२१ को सुरुवातमा सबैमाझ पुग्ने कम्पनीले बताएको छ । कम्पनीले भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियस तापक्रममा सुरक्षित रहने बताएकाे छ ।

उता फाइजरको २,३२० र मोडेर्नाको लगभग ३,२०० नेपाली रुपैयाँ पर्ने निर्माता कम्पनीले बताइरहेका छन् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत