स्वास्थ्य

काराेना संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या १४ लाख नाघ्याे, एक लाखभन्दा बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ६९ लाख ५७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ११ लाख ५३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ९५ लाख १३ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख १ हजार ८७७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ३ हजार ६३९ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २७ लाख ७७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ६३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजार ६७३ को अवस्था गम्भीर छ । अहिलेसम्म ७५ लाख ४८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४९ लाख ६४ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९१ लाख ७७ हजार ७२२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३४ हजार २५४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८६ लाख ३ हजार ५७५ जना निको भएका छन् । सक्रिय केस ४ लाख ३९ हजार ८९३ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६० लाख ८८ हजार जना संक्रमितमध्ये ५४ लाख ४५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६९ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख २२ हजार २८८ जना पुगेका छन् भने २ लाख २ हजार ६७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ३३७ पुगेको छ भने १८ हजार ८८४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत