गाउँ सहर

चिनियाँ राजदूत यान्छीकाे ‘श्रृंखलाबद्ध’ भेटघाटले नेकपाकाे विवादमा ‘सुपर ग्लू’ काे काम गर्ला ?

काठमाडौं । नेकपाकाे विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीभन्दा बढि दाैडधुपमा देखिन्छन् । 

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला उत्तरी छिमेकी चीनका राजदूत होउ यान्छीकाे सक्रियता थप बढेकाे छ । 

राजदूत यान्छीले केही समय अघि प्रधानमन्त्री ओली प्रचण्डसँग भेट गरी समसामयिक राजनीतिक घटनाक्रम र नेकपाभित्र उत्पन्न विवादका विषयमा छलफल गरेकी थिइन् ।

उनले दुवै अध्यक्षलाई पार्टी भित्रको विवाद समाधान गर्न सुझाव दिँदै आएकी छिन् । 

यसै सन्दर्भमा साेमबार (आज) बिहान पनि अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेकी छन् ।

प्रचण्ड सचिवालयले  चीनिया राजदूत यान्छी र प्रचण्डबीच सामान्य शिष्टाचार भेटवार्ता, दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको भनिएपनि भित्रि कुरा भनेकाे जब नेकपाको आन्तरिक विवाद चुलिन्छ त्यो बेलामा चिनियाँ राजदूतले नेकपा नेताहरुसँग अर्थपूर्ण भेटघाट गर्ने गर्छिन् । सत्तारुढ दल नेकपामाथि आइपरेको आन्तरिक संकटमा सहजीकरण गर्ने प्रयास स्वरुप यस्ता भेटघाट हुन गरेका छन् ।

त्यसाे त राजदूत यान्छीले नेकपाको विवाद बढेसँगै आफ्नो सक्रियता पनि बढाएकी छिन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटिसकेकी छन् । नेकपा अन्य नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालसँग पनि निवासमै गएर भेटघाट गरिरहेकी छन् ।

नेपाली काँग्रेसका युवा नेता उदय शम्सेर राणाले पार्टीभित्रको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियताले कुटनीतिक मर्यादाको सीमा नाघेको टिप्पणी गरेका छन् ।

पार्टीभित्रको बिबाद मिलाउन राजदूत सकृय हुनुले नेकपाको असली चरित्र पनि उदांगो पारिदिएको उनको तर्क छ । पुर्व अर्थराज्यमन्त्रीसमेत रहेका युवा नेता राणाले पार्टीभित्रको विवाद मिलाउन राजदूतको भूमिका खोजिनुले नेकपा कहाँबाट सञ्चालित छ भन्ने स्पष्ट हुँदैन र ? भन्ने प्रश्न समेत गरेका छन् ।

हिले पनि नेकपा विवाद कुनै दुर्घटनातर्फ  नजाओस् भन्ने चिनियाँ चासो छ । सत्तारुढ दल नेकपाले दुई तिहाई बहुमत ल्याएर सरकारमा आएपछि नेपालमा विगतको भन्दा चीनको बढ्दा चासो प्रकट भएको विभिन्न घटनाक्रमले देखाएका छन् ।

अहिले नेकपा संकटमा परिरहदा चीनिया पक्षको भरसक सरकार नफेरियोस् र पार्टी भित्रको विवाद साम्य होस् भन्ने चाहना हुनसक्छ । पार्टीभित्रको विवाद समाधान गर्नमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सहमतिका प्रयास भइरहेका छन्। तर, अझै गाँठो फुक्न सकेको छैन। नेकपाभित्रको विवादले पार्टी विभाजनको सँघारसम्म पुगेको अवस्थामा विवाद मिलाउनका लागि राजदूत यान्छीकाे सक्रियताप्रति नेकपाका अन्य नेताहरूले भने सकारात्मक रूपमा लिएकाे देखिन्छ ।

कतिपयले त्यसलाई सामान्य भेटघाटकै रूपमा हेरिरहेका छन् भने कतिपयले नेकपाभित्र चुलिएको ‘विवाद मिलाउने प्रयास’ का रूपमा अर्थ्याउँदै आएका छन् । यसअघि असार र बैशाखमा पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत यान्छी सक्रिय भएकी थिइन्।

खासगरी पछिल्लो विनाशकारी भूकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालमा चीनको सक्रियता तुलनात्मक रूपमा बढेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् ।

जब नेकपामा विवाद बढ्छ तबतब सरकारका मन्त्री, नेकपाका दोस्रो पुस्ताका नेता सक्रिय हुन्छन् । तर विवाद समाधान गर्न उनीहरुको प्रयास खासै प्रभावकारी भएको देखिँदैन । तर एकै झट्कामा नाटकीय रुपमा विवाद साम्य पार्न चिनियाँ राजदूत होउ यान्छी टुप्लुक्क आउने गर्छिन । उनको भूमिकाकै कारण नेकपा विवाद पटक पटक साम्य पनि हुँदै आएको छ । पछिल्लो पटक पनि उनैकै सक्रियताका कारण नेकपाको विवाद छोटो समयकै लागि भए पनि रोकिएको छ । पदीय मर्यादा नाघेरै उनी नेकपाको विवाद मिलाउँदै आएकी छन् ।

यतिबेला पार्टीभित्रको विवाद ‘वार कि पार’को विवादमा पनि राजदूत यान्छी रक्षाकवज बनेर भेटघाटमा व्यस्त छिन् । उनकाे ‘दौडधुप’ ले नेकपाकाे विवाद साम्य पार्न कति ‘सुपर ग्लू’ काे काम गर्छ त्याे भने भविष्यले नै बताउला ?

गाउँ सहर डेस्क

Tara Nath Khanal लेख्नुहुन्छ ८ मङ्सिर, २०७७ २:११ pm

ऎनामा आफ्नै अनुहार हेरेर वोलौ कति गहिराइमा पुग्दैछु

Shovit Kafle लेख्नुहुन्छ ८ मङ्सिर, २०७७ २:१० pm

अबिबेकी अन्धो

Karna Magar लेख्नुहुन्छ ८ मङ्सिर, २०७७ २:०७ pm

very good news

तपाईँको मत