स्वास्थ्य

विश्वभर ४ कराेड ७ लाख मानिस काेराेनामुक्त, १३ लाख ९३ हजारकाे मृत्यु, एक लाख बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ६८ लाख १७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ७ लाख ५९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ८९ लाख ७० हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ९३ हजार २२७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ३ हजार ६४ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २५ लाख ८८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ६२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २३ हजार ११३ को अवस्था गम्भीर छ । अहिलेसम्म ७४ लाख ५२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४८ लाख ७३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९१ लाख ४० हजार ३१२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३३ हजार ७७३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८५ लाख ६१ हजार ४४१ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४५ हजार ९५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६० लाख ७१ हजार जना संक्रमितमध्ये ५४ लाख ३२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६९ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख २० हजार ३०८ जना पुगेका छन् भने १ लाख ९९ हजार २२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ३२१ पुगेको छ भने १९ हजार ९६३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत