स्वास्थ्य

विश्वभर काेराेना संक्रमित एक लाखभन्दा बढिकाे अबस्था गम्भीर, १ कराेड ६६ हजारमा भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ६६ लाख ३७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ४ लाख ६४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ८४ लाख ८८ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ८६ हजार ३३४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख २ हजार ३९६ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २४ लाख ५० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ६१ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजार ९२७ को अवस्था गम्भीर छ । अहिलेसम्म ७४ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४७ लाख ८५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९० लाख ९५ हजार ९०५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३३ हजार २६३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८५ लाख २० हजार ३९ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४२ हजार ६०६ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६० लाख ५२ हजार जना संक्रमितमध्ये ५४ लाख २९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६९ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख १८ हजार ६३९ जना पुगेका छन् भने १ लाख ९३ हजार ३२५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ३०५ पुगेको छ भने २४ हजार ९ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत