स्वास्थ्य

आश्चर्यजनक अनुसन्धान - सन् २०५० सम्ममा संसारका आधा जनसंख्या “ओभर वेट”

काठमाडाैँ । सन् २०५० सम्ममा संसारको आधा जनसंख्या ओभर वेट अर्थात बढी वजन हुनेछ । यसको मुख्य कारण अस्वास्थ्यकर खाना, जसले गर्दा पोषक तत्वको कमी र शरीरमा असर पुर्याउँदछ ।

यतिमात्र होइन, यस्तो खानपानका कारण संसारमा १५० करोड व्यक्तिहरु मेटोनाबाट जुधिरहेका हुनेछन् । ३० वर्ष पछि ५० करोड मानिसको वजन औसतभन्दा पनि कम हुनेछ । उनीहरु भोकमरीसँग लडिरहेका हुनेछन् ।

जर्मनका वैज्ञानिकले यो अनुमान मानिसहरुको खानपानको बानीको आधारमा गरेका छन् । अनुसन्धान गर्ने पाटस्डेम इन्स्टिच्यूट फर क्लाइमेट इम्प्याक्ट रिसर्चका अनुसार- वर्तमानमा मानिसहरुको खानपान जस्तो छ सोहिनुसार भए आगामी ३० वर्षमा उनीहरुमा पोषक तत्वको कमी हुनेछ ।

वैज्ञानिकका अनुसार- सन् १९६५ पश्चात संसारमा विस्तारै विस्तारै खानपानमा परिवर्तन सुरु भयो । खानामा प्रोस्टेड फूड, प्रोटिन ननभेज, अधिक चिनी भएका खाना र कार्बोहाइट्रेड समावेश भए ।

यहि चिजका कारण सन् २०१० सम्म संसारमा २९ प्रतिशत जनसंख्या ओभरवेट भइसकेका थिए । ९ प्रतिशत मानिसहरु मोटोपनाबाट जुधिरहेका थिए । उनीहरुको बडी मास इन्डेक्स ३० भन्दा बढी थियो जुन औसतभन्दा बढी हो ।

जर्मन वैज्ञानिकका अनुसार धनी देशमा दूधको माग ५० प्रतिशतसम्म बढ्ने छ । मांसाहारको माग पनि दुइगुणा बढ्ने छ । अनुसन्धानकर्ता डा. बेंजामिन बोडिस्कार्य भन्छन्- संसारमा हरेक व्यक्तिको लागि पर्याप्त खाना बाँकी छ तर ठूलो वाधा यो छ कि गरिब व्यक्तिको आय त्यति छैन जसलाई खरीद गर्न सकून् ।

वैज्ञानिक भन्छन्- मोटोपनासँग जुधिरहेका व्यक्तिले केवल वजन बढ्ने कुरामात्र मोटोपना होइन, यो विरामीको कारक हो, मोटोपना घटाउन विभिन्न तरिकाको अभ्यास, र खानपानमा भन्नेकुरा ध्यान दिनु पर्दछ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत