स्वास्थ्य

विश्वभर काेराेना भाइरसमुक्त हुने ४ कराेड नाघे, १ कराेड ६४ लाखमा अझै सक्रिय भाइरस

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ६४ लाख २१ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड १ लाख ३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ७९ लाख २ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ७७ हजार ५३९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख २ हजार २०७ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २२ लाख ७४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ६० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजार ७८९ को अवस्था गम्भीर छ । अहिलेसम्म ७३ लाख १६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४६ लाख ९८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९० लाख ५० हजार ६१३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३२ हजार ७६४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८४ लाख ७५ हजार ८९७ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४१ हजार ९५२ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६० लाख २० हजार जना संक्रमितमध्ये ५४ लाख २२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६८ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख १६ हजार ९६५ जना पुगेका छन् भने १ लाख ९१ हजार २ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार २९८ पुगेको छ भने २४ हजार ६६५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत