पूर्वाधार

विश्वभर अहिले १ कराेड ६१ लाख जनामा काेराेनाभाइरस सक्रिय, १३ लाख ६५ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ६१ लाख ४३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ९७ लाख १९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ७२ लाख २८ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ६५ हजार ४६१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १ हजार ८१७ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २० लाख ७० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ५८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजार ४६९ को अवस्था गम्भीर छ । अहिलेसम्म ७२ लाख ४३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४५ लाख ६८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९० लाख ४ हजार ३२५ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३२ हजार २०२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८४ लाख २७ हजार १६ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४५ हजार १०७ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५९ लाख ८३ हजार जना संक्रमितमध्ये ५४ लाख ७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६८ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख १५ हजार २० जना पुगेका छन् भने १ लाख ८५ हजार ६३८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार २७६ पुगेको छ भने २८ हजार १०६ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत