स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ३ कराेड ९३ लाख जना निकाे, एक लाख बढिकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ५८ लाख ५२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ९३ लाख ४८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ६५ लाख ५५ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ५४ हजार ५९८ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख १ हजार ४५८ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड १८ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ५६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २२ हजार १९५ को अवस्था गम्भीर छ । अहिलेसम्म ७१ लाख ६६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४४ लाख ५० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८९ लाख ५८ हजार १४३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३१ हजार ६१८ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८३ लाख ८१ हजार ७७० जना निको भएका छन् । सक्रिय केस ४ लाख ४४ हजार ७५५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५९ लाख ४७ हजार जना संक्रमितमध्ये ५३ लाख ८९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६७ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख १२ हजार ९१७ जना पुगेका छन् भने १ लाख ८२ हजार ७८० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार २५९ पुगेको छ भने २८ हजार ८७८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत