स्वास्थ्य

फाइजरको कोरोना भ्याक्सिन फाइनल ट्रायलमा ९५% प्रभावकारी, यो वर्ष नै ५ करोड डोज बनाउने तयारी

काठमाडौँ । अमेरिकाको फर्मा कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त कोरोना भ्याक्सिन फेज ३ ट्रायलमा ९५% प्रभावी सावित भएको छ ।

कम्पनीका अनुसार, भ्याक्सिन उमेरपुगेका व्यक्तिमा बढी प्रभावकारी रह्यो । यसको कुनै साइडइफेक्ट पनि देखिएको छैन । फाइजर यसै वर्ष भ्याक्सिनको ५ हजार डोज बनाउने तयारीमा छ ।

फाइजरले स्वयंसेवकलाई भ्याक्सिनको पहिलो डोज दिएको २८ दिन पछि ९५% असरदार पाइएकाे दावी गरेकाे छ । कम्पनीका अनुसार, यो सफलताको साथ नै यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (यूएसएफडिए) बाट आपतकालीन अनुमति प्राप्त गर्न सक्छ ।

स्मरण रहोस्, फाइजरो फेज ३ क्लिनिकल ट्रायल २७ जुलाईमा सुरु भएको थियो । जसमा ४३,६६१ व्यक्ति सामेल थिए ।

डब्लूएचओका अनुसार, यो समय संसारभरमा २१२ कोरोना भ्याक्सिनमा काम भइरहेको छ । यसमा ४८ भ्याक्सिन क्लिनिकल ट्रायलमा छन र त्यसमा पनि ११ भ्याक्सिन अन्तिम फेजमा छन् । ढिलै भएपनि यो खुसीको कुरा हो ।

गाउँ सहर डेस्क

तपाईँको मत