स्वास्थ्य

विश्वभर ३ कराेड ८९ लाख जना काेराेनामुक्त, १३ लाख ४३ हजारकाे मृत्यु, एक लाख बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ५६ लाख ३४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ८९ लाख ५८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ५९ लाख ३६ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ९ हजार १४७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६८७ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड १६ लाख ९५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ५४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २१ हजार ७८१ को अवस्था गम्भीर छ । अहिलेसम्म ७० लाख ८७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४३ लाख ५३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८९ लाख १२ हजार ७०४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३१ हजार ३१ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८३ लाख ३३ हजार १३ जना निको भएका छन् । सक्रिय केस ४ लाख ४८ हजार ६६० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५९ लाख ११ हजार जना संक्रमितमध्ये ५३ लाख ६१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६६ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख ११ हजार ४७५ जना पुगेका छन् भने १ लाख ७९ हजार २४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार २४७ पुगेको छ भने ३० हजार ९८७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत