जीवनशैली

जाडाेमा बालबालिका र बुढाबुढीलाई कसरी जोगाउने ?

काठमाडाैं  । महिनाले मंसिर छाेइसकेकाे छ । दशैं-तिहार, छठ जस्ता महत्वपूर्ण चाड सकिनासकाथ चिसाे सिरेटाेकाे झाेक्काले जाडाे शुरू भएकाे संकेत दिन्छ । अब हिमाल, पहाड चिसाे बढ्न थालिसकेकाे छ भने तराईमा शीतलहरले जनजीवन प्रभावित पार्ने बेला हुन थालिसकेकाे छ । सबैतिर घट्दो तापक्रमले दैनिकी कष्टकर बनाउन शुरू भएकाे छ ।

जाडोको मौसममा रुघाखोकी, ज्वरो, जण्डिस आदि समस्याले सताउँछ। विशेषगरी बालबािलका र वृद्धवृद्धा याे समयमा बढी प्रभावित हुन्छन्। त्यसैले  जाडोबाट बच्न आफू र बालबालिका र वृद्धवृद्धाका लागि सावधानी अपनाउनुपर्छ।

चिसो मौसममा खासगरी नवजात शिशु, सुत्केरी, बालबालिका र बुढाबुढीलाई समस्या हुन्छ। उचित व्यवस्थापन गरिएन भने रुघाखोकी, ज्वरो र निमोनिया हुने खतरा हुन्छ। चिसोमा स्वास्थ्य रहन विशेष सावधानी अपनाउनुपर्छ। जस्तै– तातोपानी, सुप वा झोलयुक्त पदार्थ खानेकुरा खाने, न्यानो लुगा लगाउने र घरकोठालाई न्यानो राख्ने।

चिसोबाट उत्पन्न हुने समस्याहरूबाट सजिलै जोगाउँछ केही घरेलु उपायहरू अपनाउन सकिन्छ :

चिसो मौसममा कब्जियतको समस्याबाट मुक्ति पाउन  प्रशस्त पानी  पिउनुपर्छ। खानापछि जिराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।

रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पातको चिया बनाएर नुन वा सख्खर मिलाएर पिउँदा फाइदा हुन्छ।

जाडोमा छातीमा कफ जमे समाधानका लागि बेसारपानी पिउनुस्। यसबाट कफ बाहिर निस्किन्छ र राहत मिल्छ ।

चिसोका कारण टाउको दुखेमा दूधमा जाइफल मिसाएर लेप लगाउँदा समस्या दूर हुन्छ।

जाडोमा फुटेको ओठमा कोकमको तेल लगाउँदा फाइदा पुग्छ। यसले ओठको त्वचा नरम र मुलायम पनि हुन्छ।

चिसो मौसममा कुरकुच्चा फुट्ने समस्यामा प्याजको पेस्ट लगाउँदा आराम हुन्छ।

चिसोले जीउ दुखेमा ३\४ पोटी लसुन तेलमा पकाएर चिसो भएपछि मालिस गर्दा सञ्चो हुन्छ।

चिसो मौसममा जोर्नीको दुखाइबाट छुटकारा पाउन धतुरोको पातमा तेल लगाएर तातो बनाउनुस् र दुखेको स्थानमा बाँध्नुस्। यसले राहत मिल्छ।

घरकोठा न्यानो राख्ने भन्दैमा झ्यालढोका बन्द गरेर हिटर ताप्ने र आगो बाल्ने गर्नु हुँदैन। कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था हुनुपर्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउन नियमित व्यायाम गर्नुपर्छ। बिरामी भइसकेको छ भने पनि व्यायाम गर्न सकिन्छ।

फलफूल र हरियो सागसब्जीले रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकोले अरु खानेकुरा भन्दा यी खानेकुरामा जोड दिनुपर्छ। मौसमी फलफूल विशेष गरेर भिटामिन ‘सी’युक्त फलफूलको सेवन धेरै गर्नुपर्छ ।

दूधमा प्रोटिन, भिटामिन ‘ए’, ‘बी १२’, क्याल्सियम हुने भएकाले जाडाेमा यसको सेवन गर्नु उत्तम मानिन्छ। जाडोको समयमा आँगन, छत वा पार्कमा बसेर घाम ताप्नु पनि स्वास्थ्यका लागि लाभदायी हुन्छ। बन्द कोठाभित्र बसेर आगो वा हिटर ताप्ने गर्नुहुँदैन। राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्नुपर्छ।

बुढाबुढीहरू सकेसम्म बिहान बेलुकीकाे चिसाे समयमा घर बाहिर ननिस्कने । बाहिर निस्कनै पर्ने अवस्थामा टोपी, पञ्जा, मोजालगाएर शरीरको सबैजसो अङ्ग ढाकेर निस्कनुस्, ताकि शरीरको तापक्रम घट्न नपाओस् । धुम्रपान तथा मदिरा सेवन नगर्नुस् । मनतातो पानी पटक–पटक गरी ५–६ गिलास पिउने गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत