प्रेरणा

‘सफलता-असफलता छाडिदिनुहोस् सोच्न, इमान्दारीले आफ्नो काम गर्दा हरेक समस्या समाधान हुनसक्छ’

काठमाडौँ । हामी धेरै सोच्छौँ, सफलता-असफलताको विषयमा । विचारमा लिन हुन्छौँ अनि सो कुराको प्राप्ति भएन भने निराश हुन्छौँ । के अहिलेको जमानामा पनि इमान्दारी भएर सफल हुन सकिन्छ या असल हुन सकिन्छ ? सकिन्छ, महाभारततर्फ फर्कौँ एकपटक ।

महाभारतको युद्ध सुरु हुन लागेको थियो । कौरवसँग भीष्म पितामह, द्रोणचार्य, कर्ण, अश्वथामा जस्ता महारथी र असंख्य सैनिक थिए । तर, पाण्डवसँग कौरवको तुलनामा अत्यन्तै कम । अर्जुन भीमका अलवा केहिमात्र महारथी पाण्डव सेनामा थिए । सो समय युधिष्ठिरले पनि कौरव सेनासँग पाण्डव सेना केहि दिनमात्र टिक्न सक्छन भनेर साेचेका थिए ।

सेनाको अवस्था देखेर जो कोहिलाई पनि कौरवले युद्ध जित्छन भन्ने सहजै अनुमान थियो । यसकारण पनि पाण्डव सेनामा कम उत्साह थियो र नकारात्मकता हावी थियो । तब अर्जुनले आफ्ना सेनालाई संख्यामा कम भएपनि आफ्नो कार्य इमान्दारीका साथ गर्न बताएका थिए । उनले भने, हामीसँग भगवान श्रीकृष्ण छन्, हामी धर्मको लागि युद्ध गरिरहेका छौँ । हामीले हारको बारेमा सोच्नु हुँदैन । सकारात्मक सोचले युद्ध गर्नुपर्दछ । फल के मिल्छ, यो त भगवानको हातमा छ ।

अर्जुनको कुराले पाण्डव सेनामा उत्साह फर्कायो । सबैजना इमान्दारीका साथ युद्ध लड्न तयार भए । यसपछि श्रीकृष्णको रणनीतिबाट र पाण्डवको पराक्रमको अगाडि कौरव सेनाको हार भयो । भाग्यमा भरोसा गर्ने व्यक्तिले महाभारत युद्धमा सुरुवातमा पाण्डवको हार देखे तर सकारात्मक सोचले परिणाम परिवर्तित गराइदियो ।

गाउँ सहर डेस्क

तपाईँको मत