स्वास्थ्य

विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३ लाख नाघ्याे, सिकिस्त बिरामी एक लाख बढि

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ४९ लाख ९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ७५ लाख १९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ३७ लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या १३ लाख ९ हजार १४७ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ९ हजार ४५२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड १० लाख ६४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ३२ हजार २९७ को अवस्था गम्भीर छ । अहिलेसम्म ६७ लाख ८९ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ४० लाख २५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८७ लाख ७३ हजार २४३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २९ हजार २२५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८१ लाख ६१ हजार ४६७ जना निको भएका छन् । सक्रिय केस ४ लाख ८२ हजार ५५१ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५८ लाख १९ हजार जना संक्रमितमध्ये ५२ लाख ६७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६४ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख ६ हजार ३५३ जना पुगेका छन् भने १ लाख ६८ हजार १२९ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार २०२ पुगेको छ भने ३७ हजार २२  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत