जीवनशैली

निबुवा जति अमिलो छ त्यति गुणकारी पनि छ

काठमाडौं । जाडाेयाम । अमिलाे फलफूल । रसिलाे मुख । 

यतिबेला निबुवा, कागती, भोगटेजस्ता अमिलो फलफूल प्रशस्तै पाइने समय हाे । यी फल जति अमिलो छ त्यति गुणकारी पनि छ । साथै यसबाट भिटामिन सी पनि प्राप्त हुन्छ ।

जाडोयाम सुरु हुनै लाग्ने बढी मात्रमा रुचाईने निबुवा विशेषगरी, महिलाले बढि मन पराउने गरेका छन् । पुरुषको तुलनामा महिलाहरुले नै बढी अमिलो पिरो खाने गरेका छन् ।

त्यस्तै, सुन्तलाजन्य फलहरू जुनार, मौसम तथा ज्यामिर पनि अहिले नै पाइन्छन् । यस्ता फलफूल मौसमको खान्की मात्र नभएर विभिन्न रोगमा फाइदाजनक पनि रहेका छन् । पहाडी क्षेत्रमा बढी पाइने निबुवाले खाना पचाउन सहज बनाउँछ । यो पौष्टिक आहारको रूपमा पनि लिइने निबुवाले विशेषगरी घाँटीमा फाइदा गर्छ ।

यसको अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ । रसलाई पकाएर चुक अमिलो बनाइन्छ । चुक सुन्निएको ठाउँमा लगाउँदा फाइदा हुन्छ । विष विकारमा राम्रो गर्नुका साथै टुटेको हड्डीमा लेप लगाउँदा उपयोगी हुन्छ । फलको बोक्रा सेवन गर्दा चिसोले बनेको कफ हटाउँछ ।

यसको बिउले पायल्स, पित्त विकार र जलन हटाउँछ । यसको जरा सेवन गरे पेटमा परेको चुर्ना हटाउँछ र पेट दुखेकोमा फाइदा गर्छ । भोक जगाउँछ । पिसाबसम्बन्धी खराबी, पत्थरी र दात दुखेकोमा कम गराउन सहयोगी हुन्छ ।

निबुवाकाे अमिलाे खाँदा यस्ताे हुन्छ फाइदा

– निबुवाले मासु तथा खाना पचाउन सहज बनाउँछ,

–तपाईको घाँटीलाई सफा गर्छ,

–निबुवामा हुने अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ,

–निबुवालाई चुक बनाएर प्रयोग गर्न सकिन्छ । निबुवाको चुक सुन्निएको ठाउँमा प्रयोग गर्न पनि सकिन्छ,

–निबुवाको बा्ेक्रा सेवन गर्दा चिसोले घाँटीमा भएको कफ हटाउँछ,

– निबुवाको विउ पायल्स, पित्त विकार र जलन हटाउँछ,

–निबुवाले भोक जगाउँछ,

–निबुवा खाँदा पिसाब सम्बन्धी खराबी पत्थरी, दाँतको दुखाइ कम गराउन सहयोग पुग्छ ।

–तौल कन्ट्रोल गर्दछ र इम्यूनिटी पनि बलियाे हुन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत