स्वास्थ्य

विश्वभर काेराेनाभाइरसबाट मृत्यु हुनेकाे संख्या १३ लाख नजिक, ९५ हजारकाे अवस्था गम्भीर,

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ४५ लाख ७४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ७२ लाख ८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ३० लाख ८२ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ९९ हजार २२० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९५ हजार ६८० जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ८ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १९ हजार २६१ को अवस्था गम्भीर छ । अहिलेसम्म ६७ लाख २८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३८ लाख ९७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८७ लाख २७ हजार ९०० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २८ हजार ६८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८१ लाख १३ हजार ३४५ जना निको भएका छन् । सक्रिय केस ४ लाख ८५ हजार ८६९ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५७ लाख ८३ हजार जना संक्रमितमध्ये ५२ लाख ५६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६४ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख ४ हजार २४२ जना पुगेका छन् भने १ लाख ६४ हजार ५९२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार १८९ पुगेको छ भने ३८ हजार ४६१  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत