स्वास्थ्य

विश्वभर ३ कराेड ६६ लाख जना काेराेनामुक्त, १२ लाख ८९ हजारकाे मृत्यु, ९५ हजारकाे अवस्था गम्भिर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ४४ लाख ६६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ६६ लाख ७३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड २४ लाख २९ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ८९ हजार ४८३ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९५ हजार १५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ७ लाख ८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ६८३ को अवस्था गम्भीर छ । अहिलेसम्म ६६ लाख ४८ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३८ लाख १२ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८६ लाख ८३ हजार ३९ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २८ हजार १६५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८० लाख ६४ हजार ५४८ जना निको भएका छन् । सक्रिय केस ४ लाख ९१ हजार ३२६ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५७ लाख ४९ हजार जना संक्रमितमध्ये ५० लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६३ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित २ लाख २ हजार ३२९ जना पुगेका छन् भने १ लाख ६२ हजार २४३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार १७४ पुगेको छ भने ३८ हजार ९१२  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत