विश्व

अमेरिकामा कोरोना संक्रमित एक करोड नाघे, त्यहिँको कम्पनी फाइजरको दावी - हाम्रो खाेप ९० प्रतिशत बढी प्रभावी

अमेरिकन औषधि कम्पनी फाइजरले दावी गरेको छ कि परीक्षणको समयमा उनीहरुको कोरोना भाइरसविरुद्धको खोपले आशा गरेभन्दा उत्कृष्ट नतिजा दिएको छ ।

कम्पनीका अनुसार, स्वयंसेवकलाई यो खोप दिइएको थियो । उनीहरुमा ९० प्रतिशतभन्दा बढी असर देखियो । फाइजरले यो खोप जर्मन औषधि निर्माता कम्पनी बायोटेकसँग मिलेर बनाइरहेको छ ।

कम्पनीले यो महिनाको अन्त्यसम्म खोपको डोजको लागि फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनबाट आपतकालीन मञ्जुरी लिने योजना बनाइरहेको छ । तर अमेरिका संसारकै पहिलो देश बनेको छ जहाँ कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । देशले भर्खरै नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि चुनेको छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत