स्वास्थ्य

विश्वभर ३ कराेड ५७ लाख जना काेराेनामुक्त, १२ लाख ६१ हजारकाे मृत्यु, ९२ हजार गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ३६ लाख ७४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ५७ लाख ९२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ५ करोड ८ लाख २८ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ६१ हजार ९७१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९२ हजार ५७३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड २ लाख ८८ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४३ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ४६२ को अवस्था गम्भीर छ । अहिलेसम्म ६४ लाख ८३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३५ लाख ६१ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८५ लाख ५३ हजार ८६४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २६ हजार ६५३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७९ लाख १५ हजार ६६० जना निको भएका छन् । सक्रिय केस ५ लाख ११ हजार ५५१ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५६ लाख ६४ हजार जना संक्रमितमध्ये ५० लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६२ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ९४ हजार ४५३ जना पुगेका छन् भने १ लाख ५७ हजार ९२६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार १०८ पुगेको छ भने ३५ हजार ४१९  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत