स्वास्थ्य

कोरोना महामारीबीच गर्भवती र बच्चामा इन्फ्लूएन्जाको संक्रमण बढी, डब्लूएचओले दियो चेतावनी

काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बच्चा र गर्भवती महिलाको लागि चेतावनी जारी गरेको छ । 

डब्लूएचओकी प्राविधिक प्रमुख डा. मारिया वेनले जेनेभामा भनिन्, “अहिलेसम्म यो स्पष्ट भएको छैन कि आगामी दिनमा हुने चिसो मौसममा इन्फ्लूएन्जाको कस्तो असर हुन्छ । यस्तो स्थितिमा महामारीबीच यसको अनुगमन र परीक्षण हुनु जरुरी छ ।”

प्रेस कन्फरेन्समा डा. वेनले भनिन्— जो व्यक्ति इन्फ्लूएन्जा अर्थात फ्लूको उच्च जोखिममा छन् उनीहरुलाई भ्याक्सिन लगाउनु पर्छ किनकी कोरोना महामारीको दायरा घटेको छैन ।

क्लिनिकल मेनेजमेन्ट हेड जेनेट डियाजका अनुसार, कोरोना र इन्फ्लूएन्जाको लक्षण उस्तै छन्, धेरै कम मात्र अन्तर छ । यस्तो अवस्थामा साझा लक्षण छ भने उपचार लिनुभन्दा पहिले जाँच गर्नु जरुरी छ । चिसो र महामारीबीच इन्फ्लूएन्जाको भाइरसले कति असर गर्छ, यो भन्न मुश्किल छ यसकारण लक्षणलाई नजरअन्दाज नगर्नुहोस् । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर डेस्क

तपाईँको मत