गाउँ सहर

छ्या ! भुटेकाे मकै हाेइन आहा ! मकै भन्नुस्, खानुस् फाइदा मात्रै छ

सहरतिर मकै खाजा भन्नासाथ आजकाल कतिपयले नाक खुम्च्याउने गर्दछन् । पछिल्लाे समयमा गाउँमा पनि 'रेडिमेट खाजा' चाउचाउ, बिस्कुट, पफ जस्ता खानेकुराहरू पुग्न थालेपछि मकैप्रति चाख घट्दाे छ । तर त्यहि मकैलाई 'पपकर्न भनेपछि शहरियाको जिब्रो झुण्डिएकाे छ । तथापी गाउँघरको रैथाने मकै र फिल्म हलमा खाइने पपकर्न केहि भिन्न छन् । बाहिरको पपकर्न भन्दा घरमै भुटेको मकै स्वस्थकर हुने विशेषज्ञहरु बताउँछन् ।

भुटेको मकैको स्वास्थ्यमा विशेष फाइदा गर्छ । मकै खानाले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य रोगको निराकरणका लागि पनि निकै फाइदा हुन्छ । 

मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

यी हुन भुटेका मकैका फाईदाः

 

१. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन्।

२. भुटेको मकैमा आइरन, कपर, र फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकोले शरिरमा हड्डीलाई मजबुत बनाउँछ ।

३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्र प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

४. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफ्लेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनार्ई रक्तचाप नियन्त्रण गर्छ ।

५. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ। मुटु रोगको खतराबाट बचाउँछ ।

६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस। यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

७. भुटेको वा पोलेको मकैमा कार्बोाइड्रेडको मात्र पर्याप्त हुने भएकोले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

८. भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।

मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ । यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ ।

क्यान्सर बाट जोगाउँछ

मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वका कारण क्यान्सरजस्ता खतरनाक रोगको खतरा पनि कम हुन्छ । यसका साथै यसले फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ । मकैमा पाइने फेरुलिक एसिड, स्तन र कलेजोको ट्युमरको आकारलाई पनि कम गर्नमा सहयोग गर्दछ ।

हड्डीलाई बलियो बनाउनका लागि तपाईं दुध र भिटामिन डी को सेवन गर्नुहुन्छ । तर तपाईंलाई थाहा नहोला, मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । यसका साथै यसले बाथ रोगको सम्भावना पनि कम गर्दछ ।

छालालाई चम्किलो बनाउँछः

छालालाई चम्किलो बनाउनका लागि तपाईं के मात्र गर्नुहुन्न तर मकैको सेवन गर्दा छाला सुन्दर, मुलायम र चम्किलो हुन्छ । वास्तवमा मकैमा भिटामिन ए र सी राम्रो मात्रामा पाइन्छ । यसका साथै एन्टी–अक्सिडेन्ट फ्री र्डिकलबाट बचाएर अनुहारमा चाउरी पनए दिँदैन ।

आँखाको लागि फाइदाजनकः

मकैमा बिटा–क्यारोटिन, भिटामिन ए हुन्छ जुन आँखाको लागि निकै फाइदाजनक छ । यसले आँखाको समस्यालाई कम गरेर, ज्योती बढाउँछ । यसका साथै बढ्दो उमेरसँगै हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।

अल्छी हटाउँछ

यदि तपाईंलाई अल्छी लाग्छ र शरिरमा ऊर्जा छैन जस्तो अनुभव हुन्छ भने मकैको सेवन गर्नुहोस् । मकैमा कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जावान् राख्छ । यो खाँदा पेट चाँडै नै भरिन्छ र तपाईंलाई धेरैबेरसम्म ऊर्जावान् राख्दछ ।

मुटु स्वस्थ राख्छ

यसले रगतमा कोलस्ट्रोलको मात्रा कम गरेर कार्डियोभास्कुलर समस्याको जोखिमलाई कम गर्छ । यसमा ओमेगा(३ फ्याटी एसिड पनि पाइन्छ, जसले मुटुलाई स्वस्थ राख्छ । यसबाहेक, उच्च रक्तचापको समस्या कम गरेर हृदयाघात तथा स्ट्रोकको जोखिमसमेत कम गर्छ । नियमित रुपमा यसको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम हुने गर्छ ।

खाना पचाउँछ

गहुाको रोटीको तुलनामा मकैको रोटी पचाउन सजिलो हुन्छ । मकैमा पाइने फाइबर (रेशा) ले पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै आन्द्रालाई राम्ररी काम गर्न सहयोग गर्छ । साथै, विषालु पदार्थलाई आन्द्रामा टाासिन दिदैन । त्यसबाहेक, यसको सेवनले एसिडिटी, कब्जियत तथा पेटसम्बन्धी समस्या पनि कम हुन्छ ।

रगत बढाउँछ

रक्तअल्पताका विरामीका लागि मकै निकै लाभकारी मानिन्छ । किनकी यसमा जिंक, भिटामिन बी-१२, आइरन तथा भिटा क्यारोटिन पाइन्छ, जसले शरीरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ । साथै, यसले शरीरका रक्तकोषिकालाई पर्याप्त मात्रामा पोषकतत्व प्रदान गरी रक्तअल्पताको समस्या घटाउाछ । पोषणविद्हरुका अनुसार एक कप कााचो मकैमा १२५ क्यालोरी हुनुका साथै २७ ग्राम कार्वोहाइड्रेट, चार ग्राम प्रोटिन, नौ ग्राम चिनी, दुई ग्राम फ्याट तथा ७५ ग्राम आइरन पाइन्छ ।

गर्भावस्थामा फाइदाजनक

गर्भावती महिलाहरुले पनि आफ्नो दैनिक आहारमा मकैको रोटी समावेश गर्नुपर्छ । यसमा फोलेटको साथमा भिटामिन बी पाइन्छ , जुन गर्भको शिशुमा नयाा कोशिका विकास गर्न जरुरी हुन्छ । यसबाहेक, फोलेटले गर्भमा रहेको शिशु र गर्भवती महिला दुवैको लागि फाइदाजनक मानिन्छ । यसले गर्भवती महिलामा हुने कब्जियतको समस्या कम गर्न पनि मद्दत गर्छ ।

रुघाखोकीमा राहत

पोलेको मकैको जलेको भागलाई पिसेर त्यसमा स्वाद अनुसार सिधा नुन हालेर दिनमा चारपटक एक चियाचम्चा सेवन गर्नुस । यसले खोकी, कफ तथा रुघाखोकीबाट राहत दिलाउाछ ।

हड्डी मजबुत बनाउँछ

मकै हड्डीको लागि समेत फाइदाजनक मानिन्छ । म्याग्नेसियम र आइरनले भरिपूर्ण मकैले हड्डी मजबुत बनाउनुका साथै यसमा रहेको जिंक तथा फोस्फोरसले आर्थराइटिस, आस्टियोपोरिस जस्ता रोगको जोखिमसमेत कम गर्छ ।

पिसाबको जलन कम गर्छ

मकैको खोयालाई पानीमा उमालेर छान्नु पर्छ र यसमा मिश्री मिसाएर पिउनुपर्छ । यसले पिसाबको जलन कम गर्नुका साथै मिर्गौलाको कमजोरी हटेर जान्छ । यसबाहेक, यसले मिर्गौला र मुत्र प्रणालीलाई प्रभावकारी बनाउाछ । जसले पत्थरी हुने खतरासमेत कम हुने गर्छ ।

आँखाको लागि

मकैमा पाइने रेटिनाइट्स तत्व आाखाको रेटिनाको लागि लाभकारी मानिन्छ । यसको सेवनले आाखाको रोशनी बढ्ने गर्छ ।
खानुका फाइदा क्यान्सरको जोखिम घटाउनेदेखि मुटु स्वस्थ राख्नेसम्म

नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र पत्रिकाहरुबाट साभार गरिएको हो ।

गाउँ सहर डेस्क

तपाईँको मत