स्वास्थ्य

विश्वभर ३ कराेड ४९ लाख जना काेराेनामुक्त, १२ लाख ३९ हजारकाे मृत्यु, ९० हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड २७ लाख ९७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ४९ लाख ७९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ९० लाख १६ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ३९ हजार ३७५ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९० हजार ६ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ९९ लाख १९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ४० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार १६० को अवस्था गम्भीर छ । अहिलेसम्म ६३ लाख ४० हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३३ लाख ३८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८४ लाख ११ हजार ३४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २५ हजार २९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७७ लाख ६४ हजार ७६३ जना निको भएका छन् । सक्रिय केस ५ लाख २१ हजार २४२ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५६ लाख १४ हजार जना संक्रमितमध्ये ५० लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६१ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ८५ हजार ९७४ जना पुगेका छन् भने १ लाख ४८ हजार ४०८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ५२ पुगेको छ भने ३६ हजार ५१४  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत