स्वास्थ्य

विश्वभर ३ कराेड ४६ लाख जना काेराेनामुक्त, १२ लाख ३० हजारकाे मृत्यु, ८९ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड २४ लाख २७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ४६ लाख ६५ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ८४ लाख १२ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ३० हजार १०१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८९ हजार २९२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ९७ लाख ९९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३९ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १८ हजार ४५ को अवस्था गम्भीर छ । अहिलेसम्म ६२ लाख ९१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३२ लाख ६७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८३ लाख ६३ हजार ४१२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २४ हजार ३५४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७७ लाख १० हजार ६३० जना निको भएका छन् । सक्रिय केस ५ लाख २८ हजार ४२८ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५५ लाख ९० हजार जना संक्रमितमध्ये ५० लाख ६४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६१ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ८२ हजार ९२३ जना पुगेका छन् भने १ लाख ४४ हजार ९७८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ३४ पुगेको छ भने ३६ हजार ९११  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत