स्वास्थ्य

विश्वभर ३ कराेड ४३ लाख जना काेराेनामुक्त, १२ लाख २० हजारकाे मृत्यु, ८८ हजारकाे अवस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड २२ लाख ७२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ४३ लाख ५१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ७८ लाख ४४ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख २० हजार २१० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८८ हजार १२६ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ९६ लाख ९२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३८ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार ८१६ को अवस्था गम्भीर छ । अहिलेसम्म ६२ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३२ लाख १७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८३ लाख १२ हजार ९४७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २३ हजार ६५० जनाको ज्यान गइसकेको छ । जसमध्ये ७६ लाख ५४ हजार ७५७ जना निको भएका छन् । सक्रिय केस ५ लाख ३४ हजार ५४० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५५ लाख ६७ हजार जना संक्रमितमध्ये ५० लाख २८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६० हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ७९ हजार ६१४ जना पुगेका छन् भने १ लाख ४१ हजार १३४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ४ पुगेको छ भने ३७ हजार ४७६  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत