स्वास्थ्य

विश्वभर हाल १ कराेड २० लाखमा काेराेनाभाइरस सक्रिय, १२ लाख बढिकाे मृत्यु , ८६ हजार गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड २० लाख ७३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ४० लाख ३२ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ७३ लाख १७ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ११ हजार २३६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८६ हजार ५३२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ९५ लाख ६७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार २०५ को अवस्था गम्भीर छ । अहिलेसम्म ६१ लाख ७१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३१ लाख ५९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८२ लाख ६६ हजार ९१४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २३ हजार १३९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७६ लाख १ हजार ४२९ जना निको भएका छन् । सक्रिय केस ५ लाख ४२ हजार ३४६ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५५ लाख ५४ हजार जना संक्रमितमध्ये ४९ लाख ८० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६० हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ७६ हजार ५०० जना पुगेका छन् भने १ लाख ३७ हजार ९९२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९८४ पुगेको छ भने ३७ हजार ५२४  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत