स्वास्थ्य

विश्वभर काेराेना संक्रमणमुक्त हुने ३ कराेड ३७ लाख जना, मृत्यु हुनेकाे संख्या १२ लाख नाघे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड १८ लाख ५० हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ३७ लाख ४८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ६८ लाख ४ हजार नाघेको छ भने मृतकको संख्या १२ लाख ५ हजार ४४ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ८५ हजार २४३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ९४ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ३६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १७ हजार २०५ को अवस्था गम्भीर छ । अहिलेसम्म ६१ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ३१ लाख ३३ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ८२ लाख २९ हजार ३२२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख २२ हजार ६४२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ७५ लाख ४२ हजार ९०५ जना निको भएका छन् । सक्रिय केस ५ लाख ६३ हजार ७७५ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५५ लाख ४५ हजार जना संक्रमितमध्ये ४९ लाख ८० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ६० हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ७३ हजार ५६७ जना पुगेका छन् भने १ लाख ३४ हजार ८४२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ९६० पुगेको छ भने ३७ हजार ७६५  जना उपचाररत छन्  ।

 

गाउँ सहर डेस्क

तपाईँको मत