प्रेरणा

‘सयौँ हिँड्छन्, तर मोह, लालच र प्रलोभनको कारण लक्ष्यसम्म एकमात्र पुग्छन्’

काठमाडौँ । कुनैपनि लक्ष्यसम्म ती व्यक्ति मात्र पुग्छन जो मार्गमा कुनै लालच, मोह र प्रलोभनमा पर्दैनन् ।

अध्यात्मिक गुरु ओशोले आफ्नो प्रवचनमा तिब्बतको एक लोक कथा बताएका थिए । तिब्बतमा एक कहावत प्रचलित छ— सयौँ हिँड्छन तर लक्ष्यसम्म मुश्किलले एकमात्र पुग्छन् ।

कथानुसार, पुरानो समयमा तिब्बतको एक क्षेत्रमा दुई बौद्ध आश्रम थिए । एक आश्रमको प्रधान बुढा भइसकेका थिए । उनलाई लाग्थ्यो कि अब उनको अन्तिम समय आयो । यसकारण आफ्ना शिष्यलाई भने— तिमीहरु आफ्नो अर्को आश्रममा जाओ र त्यहाँबाट कुनै योग्य व्यक्तिलाई ल्याओ जो यो आश्रमको प्रधान बन्न सक्छन् ।

शिष्य अर्को आश्रमतर्फ निस्के । बाटो लामो थियो । एक आश्रमबाट अर्को आश्रमसम्म पैदल हिँडेर पुग्नुपर्थ्याे । यो यात्रामा एक हप्ताभन्दा बढि समय लाग्थ्यो । शिष्य केहि दिनपछि अर्को आश्रम पुगे । त्यहाँका प्रधानसँग कुरा गरे, उनकै आग्रहमा लिन आएको बताए ।

दोस्रो आश्रमका प्रमुखले भने— भोली विहान सबै लामालाई लानू । शिष्य हैरान थिए, उनले भने— सबैलाई ? मलाई त एकै व्यक्ति लैजाने आज्ञा प्राप्त छ । यति जनालाई लगेर के लाभ ? हाम्रो आश्रम त्यसैपनि गरिब छ, यति जनालाई व्यवस्था कसरी गर्ने ?

आश्रमका प्रधानले भने— तिमी बुझ्दैनौ ? यहाँबाट सैकडौँ जान्छन्, तर त्यहाँ कोहि एक पुगेमा सौभाग्य सम्झनु ।

भोलिपल्ट आश्रमबाट लामो लाइन निस्कियो । बाटोमा कयौँ राज्य आउँथे । धेरैजना माता पिता भेट्ने भन्दै त्यतै घुसे । यसरी नै एक हप्तापछि शिष्यसँग केवल दशजना लामा बचेका थिए । उनले दोस्रो आश्रमका प्रमुखको कुरा सम्झे । मनन गर्न थाले अब यी दश के होलान् ?

केहि समयपछि राजाका केहि सैनिक आए र भने कि राजकुमारीको विवाहको लागि हामीलाई तीन सैनिकको अवश्यकता छ । कृपया तीन सैनिक हामीसँग हिँड्नुहोस् । शिष्यले तीनलाई पठाइदिए । अब उनीसँग केवल ६ मात्र रहे ।

केहि समयपछि चार जना आफ्नै इच्छाले गए । अब शिष्यसँग केवल दुईजना लामा थिए । तब एक सुन्दरी स्त्री आए र उनी एक्लै रहेकोले एक रातको लागि एक सन्यासी उनीसँग जान भनिन् । सुन्दरी स्त्रीलाई देखेर दुबै लामा जान तयार भए । तब शिष्यले कुनै एकलाई लैजान भने । स्त्रीले दुइमध्ये कम उमेरको लामालाई चुनिन् । यसपछि शिष्यसँग केवल एक मात्र लामा बचे ।

शिष्यले ती लामालाई भने— तिमी केहि समय धैर्य गर, हामी आश्रम पुग्न लागेका छौँ । तब त्यहाँ एक विद्वान आए र भने— म तिमीलार्य धर्म-अध्यात्म वाद-विवादमा चुनौति दिन्छु ।

शिष्यले भने— हामी यो चुनौतिमा फँस्न चाहन्नौँ । लामाले भने— म यिनको चुनौति अस्वीकार गर्न सक्दिन । शिष्यले भने कि यसमा कति समय लाग्छ थाहा हुन्न, उता मेरा गुरु जीवित हुन्छन वा हुन्नन् । हामी यहाँबाट जानुपर्छ ।

लामाले भने— म यो चुनौति छाडेर जान सक्दिन । तिमी अहिले जाउ, यदि म जीतेँ भने आश्रम आउँछु, यदि हारेमा म यी विद्वानको शिष्य बनेर बस्छु ।

शिष्य ती लामालाई छाडेर आफ्नो आश्रम गए । त्यहाँ उनका गुरु प्रतिक्षा गरिरहेका थिए । उनले शिष्यलाई नै आश्रमको प्रधान नियुक्त गरे ।

गाउँ सहर डेस्क

तपाईँको मत