दृष्‍टिकोण

यताको काेराेना उता - उताको यता : दशैँ सुरक्षित या असुरक्षित, तथ्यांक कस्ताे आउला ?

काठमाडौँ । कोरोनाकालको दशैँ, विजया दशमीको टिका सकिएको छ र टीकाको क्रम पूर्णिमासम्म निरन्तर रहन्छ ।

दशैँ यस्तो पर्व हो जसले जो जहाँ भएपनि एकजुट गराउँछ त्योपनि एउटै आँगनमा । स्वभावैले यसपटकको दशैँ कोरोनाको कहरभित्र रह्यो । रैपनि हाम्रा मनहरुले परिवार सँगै भेटघाट गरौँ र केहिबाहेकलाई दुःखसुख साटासाट गराएरै छाड्यो ।

यो दशैँको संघारमा आइपुग्दा अधिकांश घरहरुमा कोरोना संक्रमण छिरिसकेको छ । यहि भएरपनि भेटघाट र संस्कृतिको यो महान पर्वमा अघिल्ला वर्षहरुजस्तो भिडभाड छैन र हुनुपनि हुँदैनथ्यो ।

जो स्वस्थ छौँ भन्यो वहाँहरु एकठाउँ बाट अर्को ठाउँमा यात्रा गर्यौँ । सुरक्षाका उपायहरु अपनाएरै भएपनि परिवारसँग टीका थाप्न पुग्यौँ र यो क्रम जारी छ । हामीले बुझेका पनि छौँ बढी संक्रमण भएको स्थानबाट गाउँ जुन कम संक्रमणको शिकार भएको छ त्यहाँ जाँदा स्वभावैले पनि धेरै असुरक्षित नै हुन्छ । हामी कमैले केहिदिन एक्लै बस्ने भेटघाट गर्दा दुरी कायम गर्ने गरेका छौँ । कुनै न कुनै रुपले बलियोबाट कम बलियो अनि रोगीमा चाँडै सर्ने यो भाइरसले सेकेण्डभरमा असुरक्षित गराएको छ । यसले अबका केहि दिन गाउँमा संक्रमणकाे दायरा बढाउन सक्छ भन्दा दुइमत नहाेला ।

सहरबाट गाउँ जाने र फर्कने संख्या केहि समय निरन्तर चलिरहने छ । काेही हवाइजहाज, गाडी, माेटरसाइकल र अन्य बाहनमा यात्रा गरेका छाैँ । यसले एक स्थानको रोग अर्को स्थानमा सारिरहेको कुरा भने जब हामी विर्सन्छौँ भने सम्झनुस् अवस्था चाडपर्व पछाडि अत्यन्तै भयावह हुनेछ । यदि हामीले सुरक्षित तरिकाले सबै कुरामा पहरेज गरेका छौँ भने संक्रमित थप हुने संभावना न्यून हुन्छ ।

सबै कुरा अपनाएर यात्रा गरेको र भेटघाट गरेको भए समस्या बढ्दैन तर सहरका मान्छे गाउँ जाने अनि सुरक्षा नअपाउने, सुरक्षा नअपनाएको देख्ने अवस्था आएमा चाडपर्वले दिने र थप्ने पीडा अवर्णनिय हुनेछ । रोग नलागिन्जेल नचेत्ने हाम्रो सोच र शैलीले क्षणिक सेल्फीमा रमाउनेछ ।

यसकारण दशैँ तथा अन्य चाडमा यो कोरोनाको विषम समयमा सबैकुरा भूल्ने बेला छैन, झनै सचेत हुनुपर्ने देखिएको छ । परिवारका सबै सदस्यलाई कोरोना संक्रमण र उनीहरुले भोगेको पीडा मनन गर्नु जरुरी छ जसको पहुँचमा कोहि छैन । त्यसैले सहरबाट गाउँ र गाउँबाट सहर छिर्ने दुबैले पहरेजलाई निरन्तरता दिनु जरुरी छ । किनकी रोग ६ दिन पछि १४ दिन पछि र १ महिना पछाडिपनि देखिएका छन् ।

किनकी हामी न व्यक्तिगत रूपमा काेराेना भगाउन सक्षम छाैँ न सरकार नै । याे अवस्थामा हामी आफैँ अनुशासनमा नरहने हाे भने हामीलाई कसले सहयाेग गर्छ ? थाहा हाेला सबैलाई थप थाहा हुनु जरूरी छ । किनकी सरकाले हात उठाइसकेकाे छ । विराेधले गर्दा भर्खर साइजमा फर्कने तरखर गर्दैछ ।

चाडपर्वमा जो एक ठाउँबाट अर्को ठाउँमा जाने र आउने गर्नुभएको छ कृपया केहि समय व्यक्तिगत जाँच पश्चात मात्र सामान्य जीवनतर्फ निस्कनुहोला । किनकी याे चाडमा तास खेल्याैँ हाेला, खाँदा पिउँदा, पिङ खेल्दा, रमाइलाे गर्दा, यात्रा गर्दा भिडभाड र नजिकककाे सम्बन्ध पक्कै भएकै हाेला । नत्र पछुताउनु शिवाय केहि हुँदैन । किनकी सबैले ‘आ... कोरोना केहि होइन’ भनेका मात्र छैनन्, धेरैले ‘अबुई... कोरोना’ पनि भनेर पीडा भोगिसकेका छन् ।

चाडपर्व खुसीको पर्व हो अर्को वर्षपनि आउँछ भनेर मनाऔँ । हेलचेक्राइँ नगरौँ, सुरक्षित रहौँ, सीमामा बसौँ ।

गाउँ सहर डेस्क

sashi ghimire लेख्नुहुन्छ ११ कार्तिक, २०७७ ७:३७ pm

चाडपर्व खुसीको पर्व हो अर्को वर्षपनि आउँछ भनेर मनाऔँ । हेलचेक्राइँ नगरौँ, सुरक्षित रहौँ, सीमामा बसौँ ।

Radhika Kunwar लेख्नुहुन्छ ११ कार्तिक, २०७७ ७:३६ pm

हेलचेक्राइँ गरिनु अाफ्नै खुट्टामा बन्चराे हान्नु हाे ।

Yam Bohara लेख्नुहुन्छ ११ कार्तिक, २०७७ ७:३५ pm

रोग ६ दिन पछि १४ दिन पछि र १ महिना पछाडिपनि देखिएका छन् ।

Yubaraj Shrestha लेख्नुहुन्छ ११ कार्तिक, २०७७ ७:३४ pm

Sahi kura ho yo, sachet rahau..

तपाईँको मत