विश्व

बाइडेनले भने- महामारीको जिम्मेवार व्यक्तिलाई राष्ट्रपति रहने कुनै हक छैन, ट्रम्पले भने- केहि हप्तामा भ्याक्सिन ल्याइरहेका छौँ

[राष्ट्रपतीय चुनावको अन्तिम बहस]

वाशिंगटन । अमेरिकाको नेश्विलमा तेस्रो तथा अन्तिम फाइनल प्रेसिडेन्शियल डिबेट चलिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन यसमा भाग लिइरहेका छन् । कुल ९० मिनेटको बहसलाई १५-१५ मिनेटको ६ भागमा बाँडिएको छ । पहिलो बहसमा बाइडेन र ट्रम्पले कयौँ मौकामा एक अर्कासँग जुहारी गरेका थिए । तर कमिशन अफ डिबेट (सीपीडी) ले यो पटक म्यूट बटनको प्रयोग गर्ने फैसला गरेको छ । अर्थात एक उम्मेद्वार बोलिरहेको बेला अर्कोको माइक्रोफोन बन्द रहनेछ ।

दोस्रो बहस, २२ अक्टूबरमा हुने थियो तर ट्रम्प कोरोना संक्रमणबाट बाहिर निस्किसकेका थिए । तर सीडीपीले भर्चुअल फर्ममा गर्ने भनेको थियो, राष्ट्रपति यसको लागि तयार थिएनन् । पछि यसलाई रद्ध गरिएको थियो ।

राष्ट्रपतीय चुनाव ३ नोभेम्बरमा हुँदैछ ।

यी ६ मुद्धामा बहस

कोभिड-१९, अमेरिकी परिवार, अमेरिकामा नस्लवाद, जलवायु परिवर्तन, नेशनल सेक्यूरिटी र लिडरसीप ।

पहिलो मुद्धा कोरोनाभाइरस नै रहेको छ । बाइडेनले यसैलाई टेकेर ट्रम्पमाथि हमला गरे ।

बाइडेन—

एक यस्ता व्यक्ति जसको कारण लाखौँ अमेरिकी नागरिकको ज्यान गयो । जो महामारीको जिम्मेवार हो । उसलाई राष्ट्रपतिको पदमा पुनः रहने हक छैन । ट्रम्पसँग कोरोना निम्ट्याउने कुनै योजना नै थिएन । म तपाईंहरुलाई भरोसा दिलाउँछु कि म सत्तामा आएँ भने सबैले मास्क लगाउनु पर्छ, यसको अलवा परीक्षण थप व्यापक बनाइने छ ।

ट्रम्प—

तपाईं गलत र बिना जानकारी आरोप लगाइरहनु भएको छ । मैलै हरेक उपाय प्रयोग गरेको छु । अमेरिकामा मात्र होइन विश्व नै महामारीको चपेटामा छ । केहि हप्तामा भ्याक्सिन लिएर आउँदैछौँ । महामारीको कारण हामी अमेरिका बन्द गर्न सक्दैनौँ । तपाईंजस्तो लुकेर बस्न सक्दैनौँ ।

बाइडेनको आरोपः 

यदि मास्क लगाउन अनिवार्य गरेको भए दशौँ हजारको ज्यान बचाउन सकिन्थ्यो । म सँग योबाट निस्कन योजना छ । ट्रम्पले कोरोना टास्क फोर्सका चीफ डा. एन्थोनी फौसीको कुरा नै मान्दैनन, के ट्रम्प उनीभन्दा ठूलो विज्ञ हुन् ?

ट्रम्पको जवाफः

यस्तो डर छ कि हामीले संसारको सबैभन्दा ठूलो र ताकतवर इकोनोमीलाई नै बन्द गर्यौँ । यो विरामी चीनले फैल्याएको हो । पहिलेको तुलनामा मृत्युदर घटेको छ । लकडाउनको फैसला केन्द्रले गर्ने होइन, राज्यले गर्ने हो । भ्याक्सिन अब तयार छ । वर्षको अन्त्यसम्म बजारमा आउनेछ । मैले संक्रमित भएपछि धेरै कुरा सिकेँ । सबैको कुरा सुन्न सक्छु , मलार्य लाग्छ कि डा. फौसी डेमोक्रेट हुन, तर छाडिदिनुहोस् । यसले कुनै फरक पार्दैन ।

बाइडेन—

एउटा कुरा बुझ्नुहोस् । यदि हामी सत्तामा आएमा बाहिरी हस्तक्षेपलाई सबक सिकाइने छ जसले चुनावविरुद्ध जालझेल रचेका छन् । म जान्दछु कि यो चुनावमा रुस, इरान र चीन दख्खल दिने कोसिस गरिरहेका छन् । सबैलार्य सबक सिकाइने छ । रुसले म चुनाव जितोस भन्ने चाहेको छैन । मैले पूरै जिन्दगीमा विदेशी कम्पनीबाट एक पैसा लिएको छैन । ट्रम्पले कर चोरी गरे । उनको चीनमा बैंक एकाउन्ट छ ।

ट्रम्प—

रुसमाथिको सम्बन्ध मेरोजस्तो कसैको छैन र देखाएनन् । बाइडेनले विदेशी कम्पनीबाट पैसा लिए । म ट्याक्स रिलिजको जानकारी यसकारण दिन सक्दिन किनकी अडिट चलिरहेको छ । जब बाइडन भाइस प्रेसिडेन्ट थिए उनका भाइ र छोरा सम्पति भरिरहेका थिए । तपाईंको परिवार भ्याकूम क्लिनरजस्तै छन् ।

बाइडेनः

ट्रम्पले ओबामा केयर हेल्थ बिललाई थप लागू गर्न इन्कार गरे । उनी त्यसलाई अगाडि बढाउन चाहन्छन् । तपाईंसँग कुनै योजना छैन । म १० वर्षमा ७० अर्ब डलर खर्च गर्नेछु ।

ट्रम्पः

मैले कहिलेपनि ओबामा केयर लागू गर्नबाट इन्कार गरेको छैन । तपाईंको जस्तो यो बिलको फाइदा दिन चाहन्न । तर मेरो वाचा छ कि त्यहि बिल म लिएर आउँदैछु । यसको प्रिमियम ओबामा केयरबाट कम हुनेछ । तर, यदि सुप्रीम कोर्टमा भर पर्दछ । दावाई सस्तो हुनेछ ।

बाइडेन—

हामीलाई सोच्नु पर्छ कि रिलिफ बिलको के भयो ? सांसदले ३.४ ट्रिलियन डलरको बिल मे मै मन्जूरी दिएका थिए । तपाईंले यसलाई घटाएर २.४ ट्रिलियन डलर गर्नुभयो । सहयोगीसँग पनि सल्लाह लिनु उपयुक्त ठान्नु भएन । तपाईंको लागि राज्य कुनै कामका छैनन, जहाँ डेमोक्रेट सरकार छन् । तपाईं देशलाई डेमोक्रेट्स र रिपब्लिकनमा विभाजन भएको हेर्न चाहनुहुन्छ ।

ट्रम्प—

स्पीकर नेन्सी पोलिसी रिलिफ प्याकेजलाई मन्जुरी दिन मेरो सरकार लागि परेको छ । मैले त मे मै मन्जूरी दिएको थिएँ । उनीहरु विचार गरिरहेका छन् । पोलिसीले सायद ३ नोभेम्बर कुर्दैछ । उनी यो सोचिरहेका छन कि मैले जितेमा मात्र यो बिललाई मन्जूरी दिनेछन् । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत