स्वास्थ्य

कोरोनाबाट निको भएका विरामीको फोक्सो, किडनीमा गम्भीर असर, ६४% मा श्वासको समस्या

काठमाडौँ । कोरोनाबाट निको भएका ६४% विरामीमा कयौँ महिनासम्म भाइरसको असर देखिएको छ । उपचारपछि पनि विरामीहरु श्वास फेर्न समस्या, थकान, चिन्ता र डिप्रेसनसँग जुधिरहेका छन् ।

यो अनुसन्धान गर्ने अक्सफोर्ड यूनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार— कोरोना संक्रमण भएको २ देखि ३ महिना पछि यस्ता असर देखिन थालेका छन् । अनुसन्धानमा ६४% विरामी श्वास फेर्नमा समस्यासँग जुधिरहेका थिए भने ५५% मा थकानको समस्या देखिएको थियो ।

अनुसन्धानका अनुसार, विरामीको एमआरआई गरेपछि ६०% विरामीमा फोक्सो असन्तुलित देखियो । २९% विरामीमा किडनीको समस्या, २६% मा मुटुको समस्या र १०% विरामी लिभरसँग जुधिरहेका थिए ।

निको भएपछि ५५% विरामीमा थकानको समस्या देखिएको थियो । अक्सफोर्ड यूनिभर्सिटीका रेडक्लिफ डिपार्टमेन्ट अफ मेडिसिनका डाक्टर बेटी रमन भन्छन्— आंकडा बताउँछ कि रिकभरीपछि शरीरको जाँच गर्नु जरुरी छ । डिस्चार्जपछि उनीहरुलाई मेडिकल केयर दिनको लागि एक मोडल डभलप गर्नु जरुरी छ ।

डाक्टर बेटी रमन भन्छन्— विरामीमा एब्नर्मोलिटी देखिँदै छ । यसको सिधा सम्बन्ध अंगमा सूचनसँग हुन्छ । शरीरको अंगमा यो गम्भीर सूजन र अर्गेन फेल्योरबीच कनेक्सन देखिएको छ । सूजनले नै शरीरको अंग खराब गर्ने गर्दछ । कोरोनाबाट रिकभर हुने हरेक रोगी यो समस्यासँग जुधिरहेका छन् ।

अघिल्लो हप्ता ब्रिटेन नेशनल इन्स्टिच्यूट फर हेल्थ रिसर्चले भनेको थियो कि विरामीमो कोभिडका दीर्घ केश आइरहेका छन् । उनीहरु निको भएपछि पहिलेजस्तै स्वस्थ देखिएका छैनन् । शरीरका फरक फरक भागमा कोरोनाको असर लामो समयसम्म देखिइरहेको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत