स्वास्थ्य

विश्वभर ९४ लाख जनामा सक्रिय काेराेनाभाइरस, ७४ हजारकाे अवस्था गम्भीर, ९ कराेड ९ लाख निकाे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ९४ लाख २४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ९ लाख ८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड १४ लाख ६९ हजार नाघेको छ भने मृतकको संख्या ११ लाख ३६ हजार २३३ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७४ हजार जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ८५ लाख ८४ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख २७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५६ लाख २ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २७ लाख ५५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७७ लाख ५ हजार १५८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख १६ हजार ६५३ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६८ लाख ७१ हजार ८९५ जना निको भएका छन् । सक्रिय केस ७ लाख १६ हजार ६१० जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५३ लाख जना संक्रमितमध्ये ४७ लाख ५६ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५३ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ४४ हजार ८७२ जना पुगेका छन् भने ९९ हजार ६०५ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७७१ पुगेको छ भने ४४ हजार ४७६  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत