स्वास्थ्य

अब ‘फू’ गरेर कोरोना जाँच; एक मिनेटमा नतिजा, दावी- ९०% प्रभावी

कोरोनाको जाँच फू गरेर पनि हुन सक्छ । सिंगापुरमा यस्तो कोभिड-१९ परीक्षण विकसित गरिएको छ ।

सिंगापुरको नेशनल यूनिभर्सिटीका अनुसार, नयाँ परीक्षणबाट एक मिनेटमा श्वासको माध्यमबाट कोभिड-१९ को पत्ता लगाउँछ । जाँचको समय, मानिसको सासमा भएको वाष्पशील अर्गेनिक कम्पाउण्ड पत्ता लगाइन्छ । जसले बताउँछ कि विरामीमा भाइरस छ वा छैन ।

नेशनल यूनिभर्सिटीको दावी अनुसार— १८० विरामीको जाँच नयाँ टेस्टबाट गरियो । यसले ९०% सटिक परिणाम बताउँछ । कोभिड-१९ को जाँचको लागि बस विरामीको छातिको नमूना फू गरेर दिनु पर्दछ ।

शोधकर्ताका अनुसार, जब विरामीले मुखदेखि हावा ब्रीथ सेम्पलरमा दिन्छन त्यो हावा मास स्पेक्ट्रोमिटरमा जम्मा हुन्छ । यसमा हावामा भएको कणको विश्लेषण गरिन्छ, त्यो पनि एक मिनेटमा ।

जाँचको तरिका विकसित गर्ने स्टार्टअप ब्रीथानिक्सका सिइओ डा. जिया झूनानका अनुसार— फरक-फरक विरामी हुँदा सासमा बेग्लाबेग्लै परिवर्तन देखिन्छ । यसकारण यसमा पाइने वाष्पशील अर्गेनिक कम्पाउण्ड्समा हुने परिवर्तनबाट कोरोना पत्ता लगाउन सकिन्छ ।

स्टार्टअपका सिइओ भन्छन्— ब्रीथ सेम्पलरमा राखिएको माउथपीस डिस्पोजेबल हो । यो एकतर्फी काम गर्दछ । एकपटक यसमा फू गर्दा मुखदेखि निस्किएको हावा पुनः मुखमा जाँदैन । यतिमात्र होइन लार पनि मुखमा जाँदैन किनकी मेशिनमा वान वे भल्व र सेलाइभा ट्रेप लगाइएको छ । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत