प्रेरणा

‘इच्छाहरू त्यागेपछि मात्र एकाग्र हुन सकिन्छ, नत्र पूजा-पाठ गर्ने समय मन भड्किन्छ’

काठमाडौँ । स्वामी विवेकानन्दका गुरु रामकृष्ण परमहंससँग एकदिन उनका एक शिष्यले सोधे— समाजमा धेरै मानिस आफ्नो इच्छालाई पूरा गर्नको लागि दिनरात काम गर्दछन्, व्यक्तिको यहि कोसिस रहन्छ कि कुनैपनि तरिकाले हाम्रो इच्छा पूरा होस् । यस्तै नै भगवानको भक्तिको लागि एकाग्रता किन हुँदैन ?

रामकृष्ण परमहंसलभ भनेका छन्— अज्ञानताको कारण मानिसहरुको मन भक्तिमा होइन सांसारिक वस्तुमा लागिरहेको छ । व्यक्ति भ्रममा अल्झिरहेका छन्, मोह-मायामा फँसेका छन् । यहि कारण उनीहरुमा एकाग्रतासँगै भक्ति हुन सकिरहेको छैन ।

शिष्यले सोधे— हाम्रो अज्ञानता कसरी दूर गर्न सकिन्छ ?

परमहंसजी भन्छन्— सांसारिक वस्तुहरुले शारीरिक सुख प्रदान गर्दछन् । यहि मोह हो, जबसम्म यो मोहको अन्त्य हुँदैन, तबसम्म व्यक्ति भगवानको भक्तिमा मन लगाउन सक्दैन । एक बच्चा खेलौनासँग खेल्न व्यस्त रहन्छ र आफ्नो आमालाई याद गर्न भूल्दछ । जब उसको मन खेलौनाबाट अघाउँछ अनि आमाको याद आउँछ । यहि स्थिति हामीसँग पनि भइरहेको छ । जबसम्म हाम्रो मन सांसारिक वस्तु र कामवासनामा खेलौनाजस्तै अल्झिरहेको छ, यसकारण हाम्रो एकाग्रता भगवानप्रति छैन ।

भक्ति गर्दा हामीलाई सुख-सुविधा र भोग-विलासबाट टाढा गरिनुपर्दछ । जो व्यक्ति भक्ति गर्न चाहन्छ, उनलाई आफ्नो सबै सांसारिक इच्छालाई त्याग गर्नु पर्दछ । जबसम्म यी इच्छाहरुमा मानिस अल्झिरहन्छ तबसम्म भगवानको भक्ति गर्न सकिँदैन । इच्छाहरू त्यागेपछि मात्र एकाग्र हुन सकिन्छ । नत्र पूजा-पाठ गर्ने समय मन भड्किन्छ, एकाग्रता हुँदैन । यस्तो पूजाबाट पूर्ण लाभ प्राप्त हुन सक्दैन र मन पनि अशान्त रहन्छ ।

विजयादशमीको यो पावन अवसरमा यो कुरालाई गम्भीरताका साथ मनन गरौँ र एकाग्र भएर पूजा-पाठ गर्न सकौँ भनि दूर्गा भवानीसँग प्रार्थना गरौँ ।

गाउँ सहर डेस्क

तपाईँको मत