प्रेरणा

‘सहि तरिकाले कमाएको धनमात्र टिक्छ, कसैको अहित गर्नमा बेप्रयोग गरे जीवन बर्बाद हुनसक्छ’

काठमाडौँ । जीवनलाई सुखी र सफल बनाउनको लागि महाभारतमा धेरै कुराहरु बताइएको छ । महाभारतमा विदुरको केहि विशेष नीति, जसलाई अपनाउँदा धेरै समस्याहरु टाढा भएर जान सक्छन् । महाभारतको उद्योगपर्वमा धृतराष्ट्र र विदुरको सम्बाद छ । यो सम्बादमा विदुरले जुन कुरा धृतराष्ट्रलाई बताएका थिए, त्यसैलाई विदुर नीति भनिन्छ ।

विदुर भन्छन्ः-

श्रीर्मङ्गलात् प्रभवति प्रागल्भात् सम्प्रवर्धते ।
दाक्ष्यात्तु कुरुते मूलं संयमात् प्रतितिष्ठत्ति ।।

यो उद्योगपर्वको ३५औँ अध्यायको ४४औँ श्लोक हो । यसमा विदुरले चार कुरा बताएका छन्, जसमा जीवनमा धनको सुख मिल्न सक्दछ ।

पहिलो कुराः विदुर भन्छन्, राम्रो कामबाट मात्र स्थाई लक्ष्मी आउँछिन अर्थात सहि तरिकाबाट कमाएको धनमात्र हामीसँग टिक्छ । तलत तरिका अर्थात अरुलाई दुःख दिएर, कसैको धन चोरी गरेर या सम्पति हडपेर कमाएको पैसाले लाभ दिँदैन ।

दोस्रो कुराः जो व्यक्ति आफ्नो पैसाको सहि स्थानमा लगानी गर्दछन्, उसको धन समयसँगै बढिरहन्छ । कम समयमा बढि लाभ कमाउने चक्करमा गलत स्थान, गलत काममा पैसा हाल्नु हुँदैन । जुन कामको जानकारी छैन, त्यसमा लगानी गर्नबाट बच्नुहोस् ।

तेस्रो कुराः धन कम होस वा बढि, सहि योजना बनाएर खर्च गर्नु पर्दछ । जहाँ कम धन खर्च गर्दा काम बन्न सक्छ भने धन खर्च गर्नबाट बच्नु पर्छ । कसैलाई देखाउनको लागि अनावश्यक खर्च नगर्नुहोस् । आयभन्दा बढि खर्च गर्ने बानीले बर्बाद गर्नसक्छ ।

चौथो कुराः जीवनमा अवस्था जस्तोपनि होस, जहिल्यै धैर्य रहनु पर्दछ । नराम्रो समयमा धैर्यता गुमाएर गलत काम नगर्नुहोस् र बढि पैसा हुँदा नराम्रो बानीको चक्करमा नफँस्नुहोस् । दुबै स्थितिमा धैर्य रहनुहोस् । नत्र जीवन बर्बाद हुनसक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत