विश्वभर काराेनाभाइरस निकाे हुने ३ कराेडमाथि, ११ लाख २२ हजारकाे मृत्यु, ७२ हजारकाे अवस्था गम्भीर
- गाउँ सहर डेस्क
- ४ कार्तिक मंगलबार, २०७७ | ०८:१७:०० मा प्रकाशित
काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ९१ लाख ६३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ३ लाख ५२ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड ६ लाख ३९ हजार नाघेको छ भने मृतकको संख्या ११ लाख २२ हजार ९५३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७२ हजार ७७१ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ८४ लाख ५६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख २५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५५ लाख ३ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २७ लाख २८ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७५ लाख ९४ हजार ७३६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख १५ हजार २३६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६७ लाख ३० हजार ६१७ जना निको भएका छन् । सक्रिय केस ७ लाख ४८ हजार ८८३ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५२ लाख ५१ हजार जना संक्रमितमध्ये ४६ लाख ८१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५४ हजारभन्दा बढी छन् ।
नेपालमा भाइरस संक्रमित १ लाख ३६ हजार ३६ जना पुगेका छन् भने ९४ हजार ५०१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७५७ पुगेको छ भने ४० हजार ७७८ जना उपचाररत छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस