स्वास्थ्य

विश्वभर काेराेना संक्रमित हुने ४ कराेड नाघे, ९० लाख जनामा भाइरस सक्रिय, ११ लाख १८ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ९० लाख ३८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ३ करोड ११ लाख १ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ४ करोड २ लाख ६८ हजार नाघेको छ भने मृतकको संख्या ११ लाख १४ हजार ५७८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७१ हजार ९७२ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ८३ लाख ८७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख २४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५४ लाख ५७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २७ लाख ५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७५ लाख ४८ हजार २३८ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख १४ हजार ६४२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६६ लाख ५९ हजार ८९५ जना निको भएका छन् । सक्रिय केस ७ लाख ७३ हजार ७०१ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५२ लाख ३५ हजार जना संक्रमितमध्ये ४६ लाख ५० हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५३ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख ३२ हजार २४६ जना पुगेका छन् भने ९२ हजार १६६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७३९ पुगेको छ भने ३९ हजार ३४१  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत