जीवनशैली

तपाइँ कति रूनुहुन्छ ? हालसालै रूनुभएकाे छ ?

तपाइँ कति रूनुहुनछ ? हालसालै रूनुभएकाे छ ? नेपाली समाजका रूनुलाई त्यति राम्राे मानिदैन । तर रूवाईबाट मानिसले ताजापन पनि महसुस गर्दछन् । बाल्यकालदेखि नै हामीलाई नरून सिकाइन्छ । हामी धेरैले रूनुलाई नकरात्मक रूपमा लिन्छाैं । 

जापानमा हिडेफुमि योशिडा आँसु शिक्षक हुन् र उनी रुवाइमा आश्चर्यजनक उपचार क्षमता रहेको विश्वास गर्छन् । ‘रुइ-कात्सु’ भनिने ‘आँसुको खोजी’ सेवाले मानिसलाई रुन प्रोत्साहन गर्छ ।

त्यसले रुनुलाई नराम्रो रूपमा हेर्ने संस्कृतिविरुद्ध आफ्नो भावना व्यक्त गर्न सङ्घर्ष गर्नेहरूलाई सहयोग गर्ने र तनाव कम गर्ने दाबी गरिएको छ ।

हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । त्यसैले बेला-बेला रुनु लाभदायक छ । विशेष गरी यसले आँखालाई फाइदा पुर्‍याउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको रिपाेर्ट नै सार्वजनिक गरेकाे छ । त्यसले रुदा शरीर हल्का हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्‍याउने प्रमाणित गरेको छ :

आँखाको शक्ति बढ्छ : आँसु आउँदा आँखाको नानी चिसो हुन्छ । यसले आँखालाई उचित लचकता प्रदान गरिरहन्छ र आँखालाई शक्ति प्रदान गर्छ । त्यसैले आँखाको चमक पनि बढ्छ ।

किटाणुँ हटाउँछ : आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ । यसले आँखामा हुने ब्याक्टेरियालाई ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ ।

विषाक्त पदार्थ पनि बाहिर निस्किन्छ: मानिस दु:खमा परेका वेला शरीरमा विषाक्त पदार्थ बन्छन् । त्यसवेला मानिस रुन्छ । रुदा विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ । त्यसैले रोएपछि मानिस हल्का महसुस गर्छ ।

सोच राम्रो हुन्छ : शरीरमा म्याग्निज बढी हुँदा थकाइ, रिस, घबराहटजस्ता समस्या आउँछन् । रुदा शरीरमा म्याग्निजको तह कम हुन्छ । जसले गर्दा राम्रो सोच आउँछ । र, मानिसले स्फूर्तिको महसुस गर्छन् ।

तनाव कम हुन्छ :  रुनु तनाव कम गर्ने उपाय पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्त्व बढ्न जान्छ । रुदा त्यस्ता तत्त्व घट्ने भएकाले तनाव कम गर्न सघाउ पुर्‍याउँछ ।

गाउँ सहर डेस्क

तपाईँको मत