पूर्वाधार

विश्वभर काेराेनाभाइरस संक्रमितकाे संख्या ४ कराेड नजिक, ११ लाख १४ हजार जनाकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल ८८ लाख ७४ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २ करोड ९८ लाख ८४ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ३ करोड ९९ लाख ४५ हजार नाघेको छ भने मृतकको संख्या ११ लाख १४ हजार ५७८ पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७१ हजार ९५३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ८३ लाख ४२ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख २४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १५ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ५४ लाख ३२ हजार भन्दा बढि जना निको भइसकेका छन् भने २६ लाख ६८ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ७४ लाख ८२ हजार ७२७ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख १४ हजार ६४ जनाको ज्यान गइसकेको छ । जसमध्ये ६५ लाख ९४ हजार ३९९ जना निको भएका छन् । सक्रिय केस ७ लाख ८४ हजार २६४ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ५२ लाख २४ हजार जना संक्रमितमध्ये ४६ लाख ३५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ५३ हजारभन्दा बढी छन् ।

नेपालमा भाइरस संक्रमित १ लाख २९ हजार ३०४ जना पुगेका छन् भने ८८ हजार ८४० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ७२७ पुगेको छ भने ३८ हजार ७३७  जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत