स्वास्थ्य

विश्व खाद्य दिवस : कोरोनाभाइरसले हामीलाई खान सिकायो ?

काठमाडौँ । आज विश्व खाद्य दिवस कोरोनाकालको उचोगतिको चरणमा परेको छ । विश्व भाइरसबाट आजित बनिसके तर कोरोनाको अन्त्य पार्ने कुनै प्रभावकारी ओखती हामीमाझ आइपुगेको छैन । उकालो प्रगति गरेका भन्नेहरु पनि भाइरसको घेराबन्दीमा जीवन बिताइरहेका छन् ।

खाद्य दिवसमा खानाकै कुरा गरौँ । के कोरोनाले हामीलाई खान सिकायो ? जंकफूडको साटो अर्ग्यानिक खानामा हामीलाई अभिप्रेरित बनायो ? जस्ता प्रश्नहरुको उत्तर खोजौँ ।

धरातलमा हेर्ने हो भने कोरोनाले गर्दा हामीलाई केहि प्रतिशत खानेकुरामा चनाखो बनाएको छ । कोरोनाकालमा खानपान परिवर्तित छ । भिटामिनको प्रयोग बढ्दो छ र प्रतिरोधात्मक क्षमता बढाउने ताजा खानेकुरामा हाम्रो ध्यान केन्द्रित भएको छ ।

विज्ञहरुपनि कोरोनाकालमा मानिसहरु सचेत रहेको र शक्तिवर्द्धक कुराहरु खानमा जोड दिएको बताउँछन् ।

कोरोनाकालमा खानपानमा के परिवर्तन देखियो ?

  • रसायनबाट मानिस टाढा भए, प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानपानमा ध्यान,
  • चिसो पानी पिउन बन्द, समयमा खाना, सुत्ने र उठ्ने,
  • प्रतिरोधात्मक क्षमता बढाउनको लागि काँढा, च्यावनप्राश र मसलाको प्रयोगमा वृद्धि,
  • जंक र ननभेज फूड हटाउँदै मानिसहरु स्वास्थ्य खानातर्फ ।

कोरोना पछि पार्न के खाने ? के गर्ने ?

खाद्य विज्ञका अनुसार, कोरोनाको कुनैपनि प्रभावकारी भ्याक्सिन नबनेसम्म त्यसलाई जित्ने किसिमका खानेकुरामा जोड दिनुपर्ने बताउँछन् । उनीहरुका अनुसारः-

  • खानामा रातो, पहेँलो र हरियो तरकारी र फललाई बढाउने,
  • सूप तथा झोलिलो पदार्थमा जोड गर्ने, कालो मरिचको प्रयोग गर्ने,
  • दिनमा एकपटक फलफूल खाने,
  • मिश्री उमालेर काँढा बनाएर पिउने जसमा मरिचको मिश्रण पनि गर्ने,
  • नियमित विहान र साँझ व्यायाम तथा योग गर्ने ।

गाउँ सहर डेस्क

तपाईँको मत