प्रेरणा

“हामीले कसैसँग एकपटक भरोसा तोड्यौँ भने कहिल्यैपनि आदर र सम्मान प्राप्त गर्न सक्दैनाैँ”

काठमाडौँ । अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कन ख्याउटे तर प्रतिभावान व्यक्ति थिए । उनी दाउरे जीवनसँगै संघर्ष गरेर कयौँपटक हार्दै राष्ट्रपतिको पद हुत्याउन सफल बनेका थिए ।

उनीबाट हामी धेरै कुरा सिक्न सक्छाैँ । जस्तै हारमा हरेस नखान, संघर्ष गर्न र साद जीवन बिताउन ।

उनको जन्म १२ फेब्रुअरी १८०९ मा भएको थियो । उनी १८६१ देखि १८६५ सम्म अमेरिकी राष्ट्रपति रहे । लिङ्ककनको सुरुवाती जीवन अत्यन्त कष्टकर थियो ।

उनका केहि महत्वपूर्ण विचारहरुः

“हामीले कसैसँग एकपटक भरोसा तोड्यौँ भने कहिल्यैपनि आदर र सम्मान प्राप्त गर्न सक्दैनाैँ ।”

“यदि हामी अर्कामा नराम्रो मात्र खोज्छौँ भने निश्चित रुपमा नराम्रा मात्र प्राप्त हुन्छन् ।”

“ध्यान राख्नुहोस कि सफल हुनको लागि हाम्रो संकल्प कुनैपनि अर्को कुराभन्दा बढी जरुरी हुन्छ ।”

“यदि तपाईं शत्रुलाई हराउन चाहनुहुन्छ भने उसलाई मित्र बनाउनुहोस् ।”

“यदि तपाईं सिधा उभिन चाहनुहुन्छ भने पहिले यो सुनिश्चित गर्नुपर्छ कि हाम्रो खुट्टा सहि स्थानमा छ ! कुनैपनि कामको सुरुवातमा नै सबै तयारी गर्नु पर्दछ ।”

गाउँ सहर डेस्क

तपाईँको मत